Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

महिला बलात्कारको आरोपमा डाक्टर सिंह पक्राउ

रौतहटको यमुनामाई गाऊपालिका वडा नं ४ मा रहेको हेल्थ पोस्टका प्रमुख ४५ बर्षिय अ हे ब सुधिर कुमार सिंहलाई बलत्कारको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नविन कार्कीले जानकारी दिनुभयो।

चितवन घर भएका ३० बर्षिया नाम परिवर्तन मायाले दिएको उजुरीको आधारमा सिंहलाई प्रहरीले पक्राउ गरेको प्रवक्ता कार्कीले बताए। सिंहलाई जवरजस्ती करणी कसुर अन्तर्गत अनुसन्धान भइरहेको र पिडी मायाको स्वास्थ्य परीक्षण पश्चात परिवारको जिम्मा लगाइएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो।

प्रहरीले सिंहलाई शुक्रबार साँझ गौरवाट पक्राउ गरेको हो ।पिडित मायाको जिल्ला अस्पताल गौरमा गरिएको छ ।प्रहरीका अनुसार गत मंसिर १८ गते गोरखा गौर रुटमा चल्ने सुवेदि मिनी डिलक्सबाट रौतहटको चन्द्रनिगाहपुर आएकी मायालाई सोही गाडीका सहचालक अविनाश कार्कीले गौर घुम्न जाने भन्दै सोही गाडीमा गौर ल्याएर छाडेका थिए ।

प्रहरीले अनुसन्धानका लागी सहचालक कार्कीलाई पनि नियन्त्रणमा लिएको छ। माया केहीबेर गौर घुमेर सांझ घर फर्कने गौर बसपार्क आउने क्रममा ति मायालाई लिफ्ट दिने भन्दै आफ्नो मोटरसाइकलमा चढाएर सिंहले १० कि मि उत्तरमा रहेका सरुअठा हेल्थपोष्टमा लगी चरम यातना दिंदै बलात्कार गरेको पिडित मायाले बयान दिएकी प्रहरीले जनाएका छन्। मायाले दिएकी बयानको आधारमा सिंहले गौर बसपार्क मोटरसाइकल नरोकेपछि सोधखोज गर्दा आफु पनि चन्द्रनिगाहपुर जान लागेको र चन्द्रनिगाहपुरबाटै चितवनको गाडी चढाईदिने भनेर सरुअठा स्थित हेल्थपोष्टमा रातीभरी थुनेर बलात्कार गरेको आरोप लगाएकी प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP