Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

निर्माणमैत्री वातावरण आजको आबश्यकता

नारद कोहार कपिलबस्तु, २२ मंसिर

निर्माणमैत्री वातावरण आजको आबश्यकता निर्माण व्यवसायी संघ कपिलबस्तुले १२ औँ राष्ट्रिय निर्माण दिवसमा प्रभातफेरिसहित विभिन्न कार्यक्रममा गरेको छ। प्रभातफेरीमा नेपाल निर्माण व्यवसायी संघ प्रदेश नं. ५ का उपमहासचिव दिनेश हमालले निर्माण व्यवसायलाई स्थापित पेशा बनाउन वर्तमान नेतृत्व क्रियाशील रहेको दाबी गरे। अहिलेको सरकारको नारा ‘समृद्ध नेपाल सुखी नेपाली’लाई साकार बनाउन संघ प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले निर्माणमैत्री वातावरण अहिलेको आवश्यकता भएको बताए। उनले जिल्ला दररेट समितिमा निर्माण व्यवसायी संघ सदस्य रहे पनि संघको हस्ताक्षर विनै जिल्ला दररेट निर्धारण गरेको आरोप लगाए। संघका अध्यक्ष गुञ्जन कुमार गुप्ताले भौतिक पूर्वाधारको निर्माणबिना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताए। संघका महासचिव सरोज अर्यालले सरकार र व्यवसायीबीचको सहकार्यबाट मात्र निर्माण क्षेत्रको विकास सम्भव हुने बताए। सो अवसरमा निर्माण व्यवसायी संघले कपिलबस्तु बालगृहका असहाय बालबालिकालाई एकदिन भोजन गराउने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP