Trending
राजनीति वामदेवको दावी : मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन राजनीति हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि म पहल गर्छु : प्रचण्ड राजनीति सबै प्रकारका यातायातका साधनको नियमन एउटै निकायबाट गरौँ : सोविता गौतम समाज बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै शिक्षा शिक्षक महासंघका अध्यक्ष सुवेदीले भने-२५ प्रतिशत युवाका लागि ठाउँ छाडेका छौँ राजनीति कार्यान्वयन हुन नपाउँदै अध्यागमनमा कर्मचारी खटाउने मापदण्ड परिवर्तन गर्ने चलखेल समाज २०८१/०८२ मा २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटना : २ हजार ५ सय ४९ जनाको मृत्यु समाज बर्दघाट सुस्ता पूर्व दूधमा आत्मनिर्भर राजनीति नेपालले आफ्नो सामर्थ्यअनुसार विकास गरिरहेको छ : प्रधानमन्त्री ओली राजनीति कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह

सफलतापूर्वक साग आयाेजना गरेर नेपालले सबैलाई चकित बनायाे

काठमाण्डाै – नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले दक्षिण एसियाली खेलकुद प्रतियाेगिताकाे सफलतापूर्वक सम्पन्न गरेर सबैलाई चकित बनाएको प्रतिक्रिया दिनु भएको छ । 

सोमबार ओलम्पिक कमिटीले १ औं सागको सम्झनामा प्रकाशन गरेको आवरण चित्रको सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै नेपालले साग खेलकुद आयोजना गरेर चकित बनाएको उहाँले प्रतिक्रिया दिनुभयो ।

प्रतियोगिता सुरु हुनु १ महिनाअघि आएको प्राविधिक टोलीलगायतका पर्यवेक्षकहरुले भौतिक पूर्वाधारको अवस्थाले हुन सक्दैन कि भनेर आशंका व्यक्त गरेको उहाँले बताउनुभयो । ‘तर खेल सुरु हुनु अगाडि आएको त्यही प्राविधिक टोलीले हाम्रो तयारी र काम देखेर तीन छक्क पर्‍याे’, उहाँले बताउनुभयो । साथै साग प्रतियोगिताको सफलतापूर्वक सम्पन्न भएकोमा समेत सबैले प्रशंसा गरेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले प्रतियोगिताको समयमा भएका साना कमजोरी सिकाइको रुपमा लिँदै आगामी दिनमा सच्चिँदै जाने पनि बताउनुभयो । 

१३औं साग प्रतियोगिता मंगलबार एक विशेष कार्यक्रमका बीच सकिँदै छ । यस्तै नेपाल ओलम्पिक कमिटीले यो प्रतियोगिताको सबै खेलहरुको प्रतीक चिन्ह रहेको आवरण चित्र पनि सार्वजनिक गरेको छ ।

१३औं साग प्रतियोगिता नेपालका लागि एतिहासिक र स्मरणयोग्य भएकोले आवरण चित्र बनाइएको ओलम्पिक कमिटीले बताएको छ । यस्तो आवरण चित्र सार्वजनिक रुपमा खाम, चित्र टिसर्ट, विभिन्न आवरण पत्रहरुमा प्रयोग गर्न सकिन्छ ।  यसरि आवरण चित्र बनाइ प्रयोगमा ल्याइएको साग इतिहासमा भने पहिलो हो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP