Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

अमेरिकामा गोली चल्दा एक प्रहरी अधिकृत सहित ६ जनाको मृत्यु

अमेरिकाको न्युजर्सी शहरमा गोली चल्दा एक प्रहरी अधिकृतसहित ६ जनाको मृत्यु भएको छ । शहरका मेयर स्टिभन फुलपका अनुसार अन्य दुई प्रहरी घाइतेसमेत भएका छन् ।जर्सी शरहको ग्रीनभिल इलाकामा प्रहरी र हतियारधारीबीच करिब एक घण्टासम्म गोली हानाहान भएको थियो ।

गोली चलाउने व्यक्ति को हो र किन गोली चलायो भन्ने नखुलेको बीबीसीले जनाएको छ । तर अधिकारीहरुले भने यो आतंकवादी आक्रमण हुनसक्ने बताएका छन् ।स्थानीयबासीका अनुसार गोलीबारीको सुरुआत एक पसलबाट भएको थियो, जहाँ दुई संदिग्ध व्यक्ति लुकेका थिए ।मारिने प्रहरीमा ३९ वर्षीय जोसेफ सिल्स छन् । उनी १३ वर्षदेखि जर्सी शहरको प्रहरी सेवामा थिए ।

जर्सी प्रहरीका प्रमुख माइक केलीले भनेका छन् जोसेफले सडकलाई हतियार मुक्त बनाउन अहम् भूमिका खेलेका थिए ।

केलीका अनुसार स्थानीय समयअनुसार मध्याह्न १२ बजेतिर एक्कासी गोली चल्न थाल्यो । त्यसपछि जोसेफले ती बन्दुकधारीलाई पक्रने कोसिस गरेका थिए, त्यहीबेला उनी मारिए ।

दुई जना संदिग्ध व्यक्तिले गोली चलाएका थिए । जोसेफको हत्यापछि ती दुवै ट्रकमा चढेर भागे र नजिकैको एक सुपरमार्केटमा लुके । उनीहरुले सुपरमार्केटभित्रबाट पनि प्रहरीमाथि गोली चलाइरहे । उनीहरुले पसलभित्रका तीन जना व्यक्तिको पनि हत्या गरे ।त्यसपछि विशेष प्रहरी दस्तालाई बोलाइयो र ती आक्रमणकारी पनि मारिए । प्रहरीका अनुसार आक्रमणकारीबाट राइफल र त्यसमा लाग्ने सयकडौं राउण्ड गोलीहरु बरामद भएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP