Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

बोक्सी आरोपमा आमाको हत्या

सिरहा, ८५ वर्षीया सुदामादेवी साह छिमेकीको घरमा गफिँदै थिइन्। कान्छो छोरो रामअवतारले बुहारी मनीषाको खुट्टाको घाउ झारफुक गर्न बोलाए। सुदामादेवीले आफूलाई बोक्सी आरोप लगाउने छोराको घरमा नजाने तर आफ्नो घरमा आए झारफुक गरिदिने अड्डी कसिन्।

‘तिमीले बोक्सी लगाएको हो, त्यही भएर बुहारी बिरामी परेको छ, तिमीले छुटाउनुपर्छ भन्दै थिए रामअवतार’, एक स्थानीयले भने, ‘आफ्नो घरमा बुहारी ल्याउनु अनि झारफुक गर्छु भन्दै सुदामादेवीले जवाफ दिइन्।’ त्यससँगै रिसाएका रामअवतारले घाँटी थिचेर कुटपिट गर्दा ती वृद्धा गम्भीर घाइते भइन्। यो घटना यही कात्तिक ११ गते कर्जन्हा नगरपालिका ३ खैराहा टोलमा भएको थियो।

स्थानीयले घाइतेलाई नजिकै अस्पताल पु¥याए। थप उपचारका लागि जनकपुरस्थित जानकी मेडिकलमा लगे। तर, उपचार खर्च अभावका कारण घाइतेलाई फर्काएर जिल्ला अस्पताल सिरहामा ल्याइयो। उपचारकै क्रममा शनिबार सुदामादेवीको मृत्यु भएको छ। जेठो छोरो रामबहादुरले आइतबार आमाको दाहसंस्कार गरेका छन्।

जिल्ला प्रहरी प्रवक्ता शालिग्राम शर्मा पौडेलले अभियुक्त रामअवतारलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताए। रामअवतारविरुद्ध कर्तव्य ज्यान र बोक्सीको आरोपसम्बन्धी मुद्दा चलाइएको छ।

विगतमा सुदामालाई कान्छो छोरोले मलमूत्र खुवाउने प्रयास गरेको, पटक–पटक कुटपिट गरेको स्थानीयको भनाइ रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP