Trending
राजनीति एआईको दुरुपयोग रोक्न आवश्यक : मन्त्री पन्त राजनीति लागुऔषध देशको सबैभन्दा ठूलो चुनौती : गृहमन्त्री लेखक समाज के फेरि कोभिड संक्रमणको जोखिम बढेको हो? flash भन्सार सेटिङ : मोटा चामल देखाएर मसिनो चामल भित्र्याउदैँ flash जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु ट्राफिक नियम तोड्नेलाई भिडियोका आधारमा कारबाहीजिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु राजनीति जलवायु परिवर्तन : प्रवासी चराको बसाइँसराइ प्रभावित बन्दै राजनीति सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन : लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस् राजनीति परराष्ट्रमन्त्री राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता राजनीति पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता समाज नेपालको तेस्रो ‘एनडीसी’ : कार्यान्वयनमा सर्वपक्षीय अपनत्व आवश्यक

गोरुको सट्टा किसानलाई हाते ट्र्याक्टर

रामेछाप – किसानहरुले घरमा गोरु पाल्न छाडेपछि खेतबारी तथा पाखो बाँझो भएको भन्दै मन्थली नगरपालिका १४ को फुलासी गाउँका किसानहरुलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । 

गाउँमा परम्परागत खेती गर्दै आएका किसानहरुलाई आधुनिक खेती प्रणालीतर्फ अग्रसर गर्न वडा कार्यालयको पहलमा किसानहरुलाई मिनि टिलर (हाते ट्र्याक्टर) वितरण गरिएको हो । 

वडा कार्यालयको मूल नारा नै ‘कृषिको व्यवसायिक करण नै फुलासी गाउँको आर्थिक समृद्धिको आधार’ रहेकाले त्यसैअनुसार कृषि क्षेत्रमा सहयोग गर्न आफू तयार रहेको वडाध्यक्ष भरतसिंह वाइबाले जानकारी दिनुभयो ।   

ह्राङला कृषि सहकारी संस्थाको सहकार्य र वडा कार्यालयको आर्थिक सहयोगमा २४ वटा हाते ट्रयाक्टर र २ वटा घाँस काट्ने आधुनिक मेसिन हस्तान्तरण गरिएको हो । 

यी दुवै मेसिन खरिद गर्न वडा कार्यालयले कुल २० लाख ५२ हजार रुपैयाँ कृषकको नाममा खर्चेको छ । हाते ट्रयाक्टर वितरण गरेपछि आफूहरु खेतीतर्फ उत्साहित भएको मन्थली नगरपालिका १४ का किसान रामबहादुर तामाङले बताउनु भयो ।     

वडा कार्यालयले २५ घरधुरी किसान बराबर एउटा ट्रयाक्टर प्रदान गरेको हो । दैनिक ५ रोपनी जमिन जोत्ने ट्रयाक्टरले खेतबारी तथा पाखो जोते बापत एक किसानले प्रतिघण्टा ४ सय १५ रुपैयाँ शुल्क तिनुपर्ने प्रावधान बनाइएको छ । 

हलो र गोरुको भरमा खेती गर्दै आएका किसानलाई आधुनिक मेसिन वितरण गरेपछि उनीहरुलाई तालिम पनि दिइएको छ ।     

हावापानी र खेतीको लागि उर्बर भूमि मानिने फुलासीमा हाते ट्र्याक्टर वितरण गरिएसँगै कृषि उत्पादन बढ्ने अपेक्षा किसानहरुले लिएका छन् । केही समययता फुलासीमा खेतबारी जोत्न गोरु नपाउँदा उब्जनी हुने जमिन त्यत्तिकै बाँझै राख्नुपर्ने बाध्यता थियो । 

‘खेत जोत्न प्रतिदिन हली र गोरुको १ हजार ५ सय रुपैयाँ तिनुपर्दा हामीले खेतबारी र पाखो त्यत्तिकै राखेका थियौँ । अब त वडा कार्यालयले हाते ट्र्याक्टर बाँड्यो, सस्तोमा नै जोत्न पाइने भएपछि सबै बाँझो खेत जोतेर तरकारी व्यवसाय गर्ने सोचमा छु’, स्थानीय किसान मनमाया खड्काले भन्नुभयो ।   

विशेषगरी फुलासीमा मकै, कोदो, फापर, आलु, धान, गहुँ बढी मात्रामा उत्पादन हुन्छ । पछिल्लो समय गाउँका युवा पुस्ताहरु विदेश पलायन हुने क्रम बढेसँगै खेतबारी बाँझो हुन थालेपछि घरका बुढापाकाहरुले बारीमा जुनार, कागती, अलैँची, अम्रिसो र किवी जस्ता नगदेबाली खेती गर्न थालेका छन् । 

नगदे खेती गर्दा सबै बारी तथा खेत खन्नु पनि नपर्ने, मेहनत पनि कम गर्दा हुने र उत्पादित वस्तु बेच्दा मूल्य पनि राम्रै आउने भएपछि यहाँका किसानहरु यसतर्फ आकर्षित हुन थालेका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP