Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

गोरुको सट्टा किसानलाई हाते ट्र्याक्टर

रामेछाप – किसानहरुले घरमा गोरु पाल्न छाडेपछि खेतबारी तथा पाखो बाँझो भएको भन्दै मन्थली नगरपालिका १४ को फुलासी गाउँका किसानहरुलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । 

गाउँमा परम्परागत खेती गर्दै आएका किसानहरुलाई आधुनिक खेती प्रणालीतर्फ अग्रसर गर्न वडा कार्यालयको पहलमा किसानहरुलाई मिनि टिलर (हाते ट्र्याक्टर) वितरण गरिएको हो । 

वडा कार्यालयको मूल नारा नै ‘कृषिको व्यवसायिक करण नै फुलासी गाउँको आर्थिक समृद्धिको आधार’ रहेकाले त्यसैअनुसार कृषि क्षेत्रमा सहयोग गर्न आफू तयार रहेको वडाध्यक्ष भरतसिंह वाइबाले जानकारी दिनुभयो ।   

ह्राङला कृषि सहकारी संस्थाको सहकार्य र वडा कार्यालयको आर्थिक सहयोगमा २४ वटा हाते ट्रयाक्टर र २ वटा घाँस काट्ने आधुनिक मेसिन हस्तान्तरण गरिएको हो । 

यी दुवै मेसिन खरिद गर्न वडा कार्यालयले कुल २० लाख ५२ हजार रुपैयाँ कृषकको नाममा खर्चेको छ । हाते ट्रयाक्टर वितरण गरेपछि आफूहरु खेतीतर्फ उत्साहित भएको मन्थली नगरपालिका १४ का किसान रामबहादुर तामाङले बताउनु भयो ।     

वडा कार्यालयले २५ घरधुरी किसान बराबर एउटा ट्रयाक्टर प्रदान गरेको हो । दैनिक ५ रोपनी जमिन जोत्ने ट्रयाक्टरले खेतबारी तथा पाखो जोते बापत एक किसानले प्रतिघण्टा ४ सय १५ रुपैयाँ शुल्क तिनुपर्ने प्रावधान बनाइएको छ । 

हलो र गोरुको भरमा खेती गर्दै आएका किसानलाई आधुनिक मेसिन वितरण गरेपछि उनीहरुलाई तालिम पनि दिइएको छ ।     

हावापानी र खेतीको लागि उर्बर भूमि मानिने फुलासीमा हाते ट्र्याक्टर वितरण गरिएसँगै कृषि उत्पादन बढ्ने अपेक्षा किसानहरुले लिएका छन् । केही समययता फुलासीमा खेतबारी जोत्न गोरु नपाउँदा उब्जनी हुने जमिन त्यत्तिकै बाँझै राख्नुपर्ने बाध्यता थियो । 

‘खेत जोत्न प्रतिदिन हली र गोरुको १ हजार ५ सय रुपैयाँ तिनुपर्दा हामीले खेतबारी र पाखो त्यत्तिकै राखेका थियौँ । अब त वडा कार्यालयले हाते ट्र्याक्टर बाँड्यो, सस्तोमा नै जोत्न पाइने भएपछि सबै बाँझो खेत जोतेर तरकारी व्यवसाय गर्ने सोचमा छु’, स्थानीय किसान मनमाया खड्काले भन्नुभयो ।   

विशेषगरी फुलासीमा मकै, कोदो, फापर, आलु, धान, गहुँ बढी मात्रामा उत्पादन हुन्छ । पछिल्लो समय गाउँका युवा पुस्ताहरु विदेश पलायन हुने क्रम बढेसँगै खेतबारी बाँझो हुन थालेपछि घरका बुढापाकाहरुले बारीमा जुनार, कागती, अलैँची, अम्रिसो र किवी जस्ता नगदेबाली खेती गर्न थालेका छन् । 

नगदे खेती गर्दा सबै बारी तथा खेत खन्नु पनि नपर्ने, मेहनत पनि कम गर्दा हुने र उत्पादित वस्तु बेच्दा मूल्य पनि राम्रै आउने भएपछि यहाँका किसानहरु यसतर्फ आकर्षित हुन थालेका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP