Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

‘बिहे गरेर ल्याएको भोलिपल्ट श्रीमतीको हत्या, ब्ल्याङ्केटले बेरेर सेप्टिक ट्यांकीमा शव लुकाए’

धादिङ – गएको मंसिर ९ गते धाङिको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले मकवानपुरकी २० वर्षीया अनिसा तामाङलाई बिहे गरी घर भित्र्याएका थिए ।

मंसिर १० गते दिउँसो अनिसालाई देखेका छिमेकीले ११ गते बिहान भने घरमा देखेनन् । उनीहरुले सोधे, ‘खै त बुहारी ?’ 

अर्जुनले जवाफ दिए, ‘माइती गएकी छे ।’

तर धेरै दिनसम्म पनि माइत गएकी भनेर ढाँटेपछि छिमेकीले शंका गर्न थाले । त्यसमाथि केही गन्हाएको पनि थाहा पाएपछि फेरि छिमेकीले सोधे, ‘के हो यस्तो बेस्सरी गन्हाएको ?’

अर्जुन र उनका केही आफन्तले गोरु मरेको हो भनेर छिमेकीलाई बताए । तर वरिपरि कसैको गाईगोरु पनि नमरेको र अनिसा धेरै दिनदेखि हराइरहेकाले उनको हत्या भएको छिमेकीले आशंका गरे ।

अर्जुनले बिहे गरेर ल्याएको भोेलिपल्ट राति अनिसाको घाँटी थिचेर हत्या गरेका रहेछन् । त्यसपछि उनले घटनालाई लुकाउन अनिसाको शव सेप्टिक ट्यांकीमा फालेर बेपत्ता बनाए ।

छिमेकीले घटनाबारे केही जानकारी पाएपछि प्रहरीलाई खबर गरे । गाउँलेले नै थाहा पाएपछि घटना बाहिर आएको सिद्धलेक गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष देवहादुर पुलामीले बताउनुभयो ।

गाउँलेहरुको सूचनाका आधारमा प्रहरीले अनिसाका श्रीमान अर्जुन थापा मगर, उनका काका ३२ वर्षीय छवि थापा मगर ४७ वर्षीय इन्द्र थापा मगरलाई पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानबाट घटना हत्या भएकोले तीन जनालाई अनुसन्धानपछि कर्तव्य जान मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रुपक खड्काले जानाकारी दिनुभयो ।

शौचालयको सेप्टिक ट्यांकीको ढकनी खोलेर ब्ल्याङ्केटले बेरेर अनिसाको लास हालिएको अवस्थामा भेटिएको थियो । सेप्टिक ट्यांकीको ढकनी ठूलो भएकोले एक जनाले मात्र खोल्न सक्ने अवस्थामा नरहेकोले उनिहरु मिलेर हत्या गरेको अनुमान गरिएको प्रहरीले बताएको छ ।

शौचालयमा दिसापिसाब नगरेका कारण अभियुक्तले दिनदिनै धेरै पानी हालेर राख्ने गरेको गाउँलेले बताएका छन् । अहिले अनिसाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP