Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

धनकुटामा ट्रक र अटाे एकआपसमा ठाेक्किँदा दुई जनाकाे ज्यान गयाे

धनकुटा – छथर जोरपाटी गाउँपालिका २ को फलैचामा आइतबार ट्रक र अटाे एकआपसमा ठाेक्किँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । 

ज्यान गुमाउनेमा धनकुटा नगरपालिका २ का अटोचालक २४ वर्षीय दशरथ पाख्रिन र छथर जोरपाटी गाउँपालिका १ का ४० वर्षीय साङ्गे शेर्पा रहेको सिधुवा प्रहरी चौकीका ट्राफिक प्रहरी जवान रामचन्द्र कटुवालले बताउनु भयो । दुर्घटनामा घाइते भएका दुई जनाको धनकुटा अस्पतालमा उपचार भइरहेको छ ।

वसन्तपुरबाट धरानतर्फ जाँदै गरेको ट्रकले र हिलेबाट जोरपाटी बजारतर्फ आउँदै गरेको को २ ह ६६११ नम्बरको अटोलाई आइतबार दिउँसो १२ ठक्कर दिएको थियो । 

घटनालगत्तै ट्रक र ट्रक चालकलाई सिधुवा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि मृतकका आफन्त, स्थानीयवासी र अटो चालकहरुले जक्का जाम गरेका थिए । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP