Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

लमजुङको दोर्दी गाउँपालिका : बेरोजगार युवालाई सीप सिकाउँदै, स्वरोजगार बनाउँदै

लमजुङ – लमजुङको दोर्दी गाउँपालिका बेरोजगार युवालाई सीप सिकाउँदै, स्वरोजगार बनाउन लागिपरेको छ ।

विदेशबाट फर्किएका, घर-गाउँमै रहेका बेरोजगार युवालाई सीपमुलक तालिम प्रदान गरी गाउँघरमै स्वरोजगार बनाउनका लागि अहिले गाउँपालिकाले युवालाई डकर्मी तालिम प्रदान गरिरहेको छ ।

अहिले गाउँपालिकाले प्रतिरोधी सहरी भवन निर्माणसम्बन्धी एक हप्ते (कात्तिक २१ देखि २७ गतेसम्म) डकर्मी तालिम सञ्चालन गरेको छ । गाउँपालिकाको रोजगार शाखाको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

गाउँपालिकाका प्रत्येक वडाका तीन जना गरी २७ जना तालिममा सहभागी भएको रोजगार शाखाका संयोजक धर्म गुरुङले बताउनुभयो । ‘यस क्षेत्रमा धेरै भौतिक संरचना निर्माण हुँदैछन् । स्थानीय युवाको हातमा सीप भएमा उनीहरुले घरगाउँमै रोजगार पाउन सक्छन्’, उहाँले भन्नुभयो, ‘बेरोजगार युवालाई गाउँघरमै स्वरोजगार बनाउन उनीहरुलाई सीपमूलक तालिम प्रदान गरिएको हो ।’

ज्ञान, सीपबिना रोजगारी सिर्जना गर्न नसकिने भएकाले सीप सिकाइ स्थानीय युवालाई गाउँघरमै स्वरोजगार बनाउनका लागि तालिम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो ।

‘अन्य ठाउँबाट यस क्षेत्रमा आएर धेरैले डकर्मी काम गरी राम्रो कमाइ गरेका छन्’, उहाँले थप्नुभयो, ‘बिना कुनै ज्ञान, सीप रोजगारी सिर्जना हुन सक्दैन । त्यसैले बेरोजगार युवालाई गाउँघरमै सीप सिकाएर रोजगारी सिर्जना गर्ने उद्देश्यले तालिम चलाइएको छ ।’ यो क्रमलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।

यसैगरी, गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेले तालिममा सिकेका ज्ञान, सीप समुदायका अन्य व्यक्तिलाई पनि सिकाउनुका साथै व्यवहारमा उतारी आफ्नो जीवनस्तर उकास्न सहभागीलाई आग्रह गर्नुभयो ।

मापदण्डअनुसार भौतिक संरचना निर्माण गर्नुपर्ने र त्यसका लागि तालिम प्राप्त मानिस आवश्यक हुने भएकाले ध्यान दिएर सीप सिकेर व्यवहारमा उतार्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दोर्दी गाउँ कमिटीका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो ।

तालिममा सहभागीहरुलाई सुरक्षा सामग्री (पहेलो हेल्मेट र ज्याकेट) पनि प्रदान गरिएको छ । सहभागीलाई गाउँपालिकाका इन्जिनियर अतीत खनाल, सब ओभरसियर विश्वास पाण्डेले तालिम प्रदान गर्नुहुनेछ । 

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि दोर्दी गाउँपालिकामा यस वर्ष पाँच सय ९१ जनाको आवेदन दिएका थिए । गाउँपालिकामा यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दुई सय ७० जनालाई रोजगारी दिइने गाउँपालिकाले जनाएको छ ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP