Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

३० लाख बालबालिकालाई खाेप लगाउन १ लाख स्वयंसेवी खटाउने सरकारकाे तयारी

काठमाण्डौ – सरकारले दादुरा र रुबेलाविरुद्ध खोप अभियानबारे प्रचारप्रसार थालेको छ । 

सबै प्रदेश सरकार र सम्बन्धित निकाय तथा संघ संस्था र समुदायलाई अभियानबारे जानकारी दिँदै प्रचारप्रसार सुरु गरिएको बाल स्वास्थ्य तथा खोप शाखाका खोप सुपरभाइजर भरत भण्डारीले जानकारी दिनुभयो । 

खोपबाट बञ्चित भएका बालबालिकालाई प्राथमिकता दिँदै ३० लाख बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । बालबालिकालाई दादुरा र रुबेलाविरुद्ध पूरक मात्रामा खोप दिन चलाउन लागिएको अभियान आउँदो फागुन र चैतमा दुई चरणमा हुने छ । 

खोप अभियानका लागि ५० ठाउँमा खोप केन्द्र राख्ने र एक लाख जना स्वंयसेवी खटाउने सरकारको तयारी छ । 

पहिलो चरणअन्तर्गत फागुनमा प्रदेश नम्बर १, २ र ५ का ३५ जिल्लाका १८ लाख २४ हजार ४ सय ३३ बालबालिकालाई र दोस्रो चरणअन्तर्गत चैतमा प्रदेश नम्बर ३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७ सय ७१ बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने खोप सुपरभाइजर भरत भण्डारीले जानकारी दिनुभयो । 

अभियान एक महिनासम्म चल्नेछ । दादुरा र रुबेला खोप अभियानका लागि सरकारले ५६ करोड रुपैयाँ खर्च हुने पनि जनाएको छ । 

सरकारले सन् २०१९ मा नेपालबाट दादुरा र रुबेला निवारण गर्ने लक्ष्य लिएको थियो । तर अझै देशका विभिन्न भागमा दादुरा देखिएपछि सरकारले अभियान चलाउन लागेको हो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP