Trending
राजनीति स्थानीयको ज्ञापनपत्र बुझ्दै ऊर्जामन्त्रीले भने- मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ अन्तर्राष्ट्रिय पाकिस्तानसँगको तनावपछि बन्द भारतका ३ राजनीति भारत-पाकिस्तानलाई हामीले संयम अपनाउन भन्यौँ, युद्ध रोकियो : ओली अपराध कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा स्वास्थ्य आवासीय चिकित्सकसँगको सहमति कार्यान्वयन गर्न कार्यदल गठन शिक्षा धमाधम ‘निजी स्कुल’मा वाणिज्य विभागको अनगुमन, कागजात लिएर शुल्कबारे अनुसन्धान गर्दै समाज साकेला उभौली चाड : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै समाज रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने समाज बनेपामा ऐतिहासिक चण्डेश्वरी जात्रा समाज पहलगाममा मारिएका सुदीपको परिवार भेट्न बुटवल पुगे राजदूत श्रीवास्तव

तीव्र गतिका कारण नरपानी बस दुर्घटना : छानबिन समितितीव्र गतिका कारण नरपानी बस दुर्घटना : छानबिन समिति

अर्घाखाँची – गएको मंसिर ११ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट रुपन्देहीतर्फ जाँदै गरेको लु २ ख २१४८ नम्बरको यात्रुवाहक बस सन्धिखर्क नगरपालिका ६ को सल्लेरीमा दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो ।   

त्यही दुर्घटनाको कारण पत्ता लगाउन गठन गरिएको ९ सदस्यीय छानबिन समितिले आफ्नो प्रतिवेदन पेस गरेको छ । तीव्र गतिका कारण अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छानबिन समितिले निष्कर्ष  निकालेको छ । 

दुर्घटनापछि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा भएको सर्वपक्षीय बैठकबाट सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरी १५ दिनभित्रमा प्रतिवेदन पेस गर्न आदेश दिइएको थियो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले तयार पारेको घटनास्थलको स्केच, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले तयार पारेको घटनास्थल प्रकृति मुचुल्का, बस मेकानिकल चेकजाँचको प्रतिवेदनका आधारमा छानबिन समितिले निष्कर्ष निकालेको हो । 

साथै चालकले चिया नास्ता खाएको होटल साहुको भनाइ, घुम्तीका सर्वसाधारण र  पसलेसँगको कुराकानी, घटनामा तत्काल उद्धारमा खटिएका प्रहरी चौकी नरपानीका चौकी इञ्चार्जको बयान, उद्धारकर्ताहरुको घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा पेस गरेको कागजहरु, घटनास्थल प्रकृति मुचुल्का, रेखाचित्रण, फोटोग्राफी र घाइतेहरुको बयान कागजले समेत तीव्र गतिका कारण बस दुर्घटना भएको देखाएको हो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP