Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

बझाङमा जडिबुटी संकलन गर्न गएका दुई किशाेर मृत भेटिए

बझाङ – बझाङमा जडिबुटी खाेज्न गएका दुई किशाेर मंगलबार मृत भेटिएका छन् ।

सुर्मा गाँउपालिका वडा नम्बर १ बस्ने १८ वर्षीय कविराज बोहरा र १४ वर्षीय शहदेव बोहराको हिउँमा पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिनुभयो ।

मंसिर २५ गते घरबाट सुर्मा गाँउपालिकाको ओखल भन्ने ठाँउमा जडिबुटी संकलन गर्ने भन्दै गएका दुवै जनाको हिउँमा पुरिएर ज्यान गएको हो । लगातार परेको हिमपातका कारण दुवै जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

जडिबुटी संकलन गर्न गएका दुवै जना घर नफर्किएपछि खोजी गर्दै जाँदा मंगलबार मृत अवस्थामा फेला परेका सुर्मा गाँउपालिकाका अध्यक्ष नरबहादुर बोहराले बताउनु भयो ।

प्रहरी चौकी दौलीचौरबाट घटनास्थलमा प्रहरी टोली खटिएर गएको र थप अनुसन्धान हुन बाँकी रहेको डीएसपी बमले बताउनु भयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP