Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण, टाउकाेमा ४ वटा टाँका

रुकुम पश्चिम – कार्यालयबाट काम सकेर फर्कँदै गर्दा आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण भएको छ । 

बुधबार बेलुका ६ बजे कार्यालयको काम सकेर फर्किँदै गर्दा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर के.सी.माथि कार्यालय नजिकैको राडी बजारमा आक्रमण भएको हो । 

आक्रमणमा परेका केसीको टाउकामा ४ वटा टाँका लगाइएको छ । उहाँसँगै रहनु भएका सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि पनि आक्रमण भएको जनाइएको छ । 

आठबीसकोट नगरपालिका ३ का गोपाल वि.क.ले केसीमाथि आक्रमण गरेको बताइएको छ । गोपालको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । गोपाल वडा नम्बर ३ का वडाध्यक्ष केशरमान वि.क.का भाइ हुन् ।

आठबीसकोट नगरपालिकाका उपप्रमुख गीता नेपालीले विज्ञप्ति जारी गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीमाथि भएको आक्रमणको भत्र्सना गर्नुभएको छ । उपप्रमुख नेपालीले विज्ञप्ति जारी गरी दोषीमाथि कारबाहीको माग गर्नुभएको छ । दुई तीन दिनदेखि आक्रमण गर्ने गोपाल वि.क.ले पिछा गरेर केसीमाथि आक्रमण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यता नगरपालिकामा कार्यरत कर्मचारीले छुट्टै विज्ञप्ति जारी गरेर वडा नम्बर ३ का अध्यक्षको योजनालाई लिएर कार्यकारी अधिकृतमाथि आक्रमण भएको बताएका छन् । दोषीमाथि कारबाहीको माग गर्दै कारबाही नभएसम्मका लागि बिहीबारदेखि नगरपालिकाको कुनै पनि काम नगर्ने भन्दै विज्ञप्तिमार्फत् चेतावनी दिइएको छ । 

सोधपुछका लागि भनेर वडाध्यक्ष केशरमान विकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । टाउकामा चोट लागेका केसीलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP