Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

दम्पतीलाई बोक्साबोक्सीको आरोप लगाउने टोल सुधार समितिका अध्यक्ष पुर्पक्षका लागि कारागार चलान

दाेलखा – एक दम्पतीलाई बोक्साबोक्सीको आरोप लगाउने स्याखु टोल सुधार समितिका अध्यक्ष रत्न नारायण श्रेष्ठलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

दोलखा जिल्ला अदालतमा बिहीबार भएको थुनछेक बहसमा दोलखाको उत्तरी विगु गाउँपालिका वडा नम्बर-५, चिलंखामा रहेकाे स्याखुका एक दम्पतीलाई बोक्साबोक्सीको आरोप लगाउँदै सामाजिक बहिष्कार गर्ने निर्णय गर्ने समितिका अध्यक्ष श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो । 

त्यसैगरी घटनाका प्रतिवादीहरु छत्र बहादुर मगर, तीर्थनारायण श्रेष्ठ, हरिध्वज मगर र श्याम भन्ने बुद्धराज मगरलाई दोलखा जिल्ला अदालतले जनही ३ लाख रुपैयाँ धरौटी माग गरेकोमा रकम बुझाउन नसकेपछि उनीहरु पनि कारागार चलान भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

त्यसैगरी त्यसै घटनाका अर्का प्रतिवादी तुलबहादुर मगरलाई साधारण तारेखमा छोडिएको छ भने घटनामा संलग्न बाँकीको खोजी कार्य भइरहेको छ । 
स्याँखु टोल सुधार समितिले ६१ वर्षीय रत्न बहादुर श्रेष्ठ र ५७ वर्षीय कृष्णमाया श्रेष्ठलाई बोक्साबोक्सीको आरोप लगाएको थियो । पीडित दम्पतीलाई आरोप मात्रै नलगाइ स्याखु टोल सुधार समितिको भेलाले गाउँबाट निकाल्ने, कथित ‘इन्द्रजाल’ किताब उपलब्ध गराउनुपर्ने र ‘झाँक्री’ले बकेकाले दोषी नै हो भनेर अपमान गरेको थियो । 

गएको मंसिर १ गते स्याखु टोल सुधार समितिका अध्यक्ष ४२ वर्षीय रत्न नारायण श्रेष्ठको अध्यक्षतामा गाउँका एक सय १३ जना सहभागी भेलाले बिहान ८ देखि बेलुकी ५ बजेसम्म बोक्साबोक्सीको आरोपसहित यातना दिएका थिए । उनीहरुले दबाब दिएर बोक्साबोक्सी भएको स्विकार्न ल्याप्चे लगाउन बाध्य पारेका थिए ।

घटना मंसिर १ गतेको भए पनि पीडितका जेठा छोरा ३५ वर्षीय भाजुराम श्रेष्ठ काठमाण्डौबाट आएर मंसीर ६ गते जाहेरी दिएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP