Trending
राजनीति एआईको दुरुपयोग रोक्न आवश्यक : मन्त्री पन्त राजनीति लागुऔषध देशको सबैभन्दा ठूलो चुनौती : गृहमन्त्री लेखक समाज के फेरि कोभिड संक्रमणको जोखिम बढेको हो? flash भन्सार सेटिङ : मोटा चामल देखाएर मसिनो चामल भित्र्याउदैँ flash जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु ट्राफिक नियम तोड्नेलाई भिडियोका आधारमा कारबाहीजिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु राजनीति जलवायु परिवर्तन : प्रवासी चराको बसाइँसराइ प्रभावित बन्दै राजनीति सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन : लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस् राजनीति परराष्ट्रमन्त्री राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता राजनीति पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता समाज नेपालको तेस्रो ‘एनडीसी’ : कार्यान्वयनमा सर्वपक्षीय अपनत्व आवश्यक

नेपाल फोटो पत्रकार महासंघ उदयपुरको नयाँ नेतृत्वमा पुनः राई

उदयपुर, ३ पुस । सम्पूर्ण फोटो पत्रकारहरुको छाता संगठन नेपाल फोटो पत्रकार महासंघ उदयपुरको अध्यक्षमा पुनः गजेन्द्र राई चयन भएका छन् । उदयपुरको गाईघाटमा मंगलबार सम्पन्न महासंघको प्रथम जिल्ला अबिधेशबाट पुनः अध्यक्षमा राई चयन भएका हुन् । तदर्थ समितिको नेतृत्व गर्दै आएका राईलाई पुनः महासंघको पहिलो अधिबेशनले अध्यक्षमा चयन गरेका हुन् । अबिधेशनले राईको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिको उपाध्यक्षमा अप्सरा समाल चयन भएका छन् । सचिवमा देबराज राई चयन भएका छन् । त्यसैगरी महासंघको सह–सचिवमा ईश्वर बलम्पाकी मगर चयन भएका छन् भने कोषाध्यक्षमा गंगा राई चयन भएका छन् । यसैगरि सदस्यहरुमा बिक्रम राई, राकेश नेपाली, चित्रकुमार कार्की र रिता राउत चयन भएको नब निर्वाचित अध्यक्ष राईले बताए । अध्यक्ष राईका अनुसार महासंघको पुस दुई देखि चार गतेसम्म बिराटनगरमा हुने राष्ट्रिय अबिधेशनका लागि पनि प्रतिनिधि चयन गरेको छ । जसमा राष्ट्रिय अधिबेशनका लागि प्रतिनिधिमा अध्यक्ष राईनै चयन भएका छन् भने प्रदेश अधिबेशनका लागि उपाध्यक्ष समाल र सचिब राई चयन भएका छन् । कार्यक्रममा पत्रकार सेनानी कौशल चेम्जुङ, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ का सचिब हरिकुमार राई, नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई, अग्रज पत्रकार भक्तिबिलास पोखरेल, ईश्वर तामाङ, नबिन राईलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP