Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

नेपाल फोटो पत्रकार महासंघ उदयपुरको नयाँ नेतृत्वमा पुनः राई

उदयपुर, ३ पुस । सम्पूर्ण फोटो पत्रकारहरुको छाता संगठन नेपाल फोटो पत्रकार महासंघ उदयपुरको अध्यक्षमा पुनः गजेन्द्र राई चयन भएका छन् । उदयपुरको गाईघाटमा मंगलबार सम्पन्न महासंघको प्रथम जिल्ला अबिधेशबाट पुनः अध्यक्षमा राई चयन भएका हुन् । तदर्थ समितिको नेतृत्व गर्दै आएका राईलाई पुनः महासंघको पहिलो अधिबेशनले अध्यक्षमा चयन गरेका हुन् । अबिधेशनले राईको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिको उपाध्यक्षमा अप्सरा समाल चयन भएका छन् । सचिवमा देबराज राई चयन भएका छन् । त्यसैगरी महासंघको सह–सचिवमा ईश्वर बलम्पाकी मगर चयन भएका छन् भने कोषाध्यक्षमा गंगा राई चयन भएका छन् । यसैगरि सदस्यहरुमा बिक्रम राई, राकेश नेपाली, चित्रकुमार कार्की र रिता राउत चयन भएको नब निर्वाचित अध्यक्ष राईले बताए । अध्यक्ष राईका अनुसार महासंघको पुस दुई देखि चार गतेसम्म बिराटनगरमा हुने राष्ट्रिय अबिधेशनका लागि पनि प्रतिनिधि चयन गरेको छ । जसमा राष्ट्रिय अधिबेशनका लागि प्रतिनिधिमा अध्यक्ष राईनै चयन भएका छन् भने प्रदेश अधिबेशनका लागि उपाध्यक्ष समाल र सचिब राई चयन भएका छन् । कार्यक्रममा पत्रकार सेनानी कौशल चेम्जुङ, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ का सचिब हरिकुमार राई, नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई, अग्रज पत्रकार भक्तिबिलास पोखरेल, ईश्वर तामाङ, नबिन राईलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP