Trending
राजनीति स्थानीयको ज्ञापनपत्र बुझ्दै ऊर्जामन्त्रीले भने- मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ अन्तर्राष्ट्रिय पाकिस्तानसँगको तनावपछि बन्द भारतका ३ राजनीति भारत-पाकिस्तानलाई हामीले संयम अपनाउन भन्यौँ, युद्ध रोकियो : ओली अपराध कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा स्वास्थ्य आवासीय चिकित्सकसँगको सहमति कार्यान्वयन गर्न कार्यदल गठन शिक्षा धमाधम ‘निजी स्कुल’मा वाणिज्य विभागको अनगुमन, कागजात लिएर शुल्कबारे अनुसन्धान गर्दै समाज साकेला उभौली चाड : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै समाज रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने समाज बनेपामा ऐतिहासिक चण्डेश्वरी जात्रा समाज पहलगाममा मारिएका सुदीपको परिवार भेट्न बुटवल पुगे राजदूत श्रीवास्तव

वाणगंगा नगरपालीका वडा नम्बर ९ द्धारा आधारभूत तह (१–८) सम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण

वाणगंगा नगरपालिका वडा नम्बर ९ ले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । वडा नम्बर ९ अन्तरगत रहेका आधारभूत तह (१–८) सम्मका विद्यार्थीलाई एक कार्यक्रमका बिच न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रमको शुभारम्भ उपमेयर चक्र अर्यालले शुद्धोदन मावि जिनुवामा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गर्दै गर्नुभएको हो । उक्त विद्यालयमा अध्ययनरत १ सय ४३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । वडाले बालबालिका अन्तरगत छुट्याइएको बजेट बाट कार्यक्रम गरिएको भन्दै वडा अध्यक्ष धुब्र बेल्वासेले वडामा रहेका १ मावि र ४ वटा आधारभूत विद्यालयमा ६ सय ९३ विद्यार्थीलाई सुइटर वितरण गरिएको जानकारी दिनुभयो । चिसो बढेसंगै विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाको भनाई छ ।
यस्तै वाणगंगा नगरपालिका स्वास्थ्य शाखाले पनि महिनावारी स्वास्थ्य ब्यवस्थापनका लागि विद्यालयमा १ सय ५० थान सेनेटरी प्याड वितरण गरेको छ । किशोरकिशोरीमैत्री स्वास्थ्य कार्यक्रम अन्तरगत प्याड वितरण गरिएको हो । कार्यक्रमको सहजीकरण वडा सचिव सन्तोष कुमार बैठाले गर्नुभएको थियो । कार्यक्रममा वाणगंगा नगर स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, सहसंयोजक भक्तिराम पाण्डे लगाएतको उपस्थितीमा गरिएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP