Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

आज चर्चित गायक प्रकाश सपूतकी छोरीको जन्मदिनमा लेखे सबैलाई रुवाउने यस्तो स्टाटस ! हेर्नुहोस्

काठमाडौँ : लोक दोहोरी गायक प्रकाश सपुत अहिले निकै चर्चित छन्। पछि ल्लो केहि वर्ष यता उनका हरेक गितले राम्रो सफलता प्राप्त गरि रहेको छ । केहि वर्ष पहिले बिन्दु बोहोरासंग विवाह गरेका प्रका शकी एक छोरी छिन् ।

उनकी छोरी प्रविष्टि ४ वर्षमा लागे की छिन्। रातिको १२ बजे नै सामाजिक संजालमा भावुक स्टाटस लेख्दै प्रकाशले आफ्नी छोरीलाई जन्म दिनको शुभका मना दिएका छन्। छोरीको एक तस्विर शेयर गर्दै प्रकाशले यस्तो लेखेका छन्: #जन्म_दिनको_ शुभका मना _प्रविष्टि ।–

ओहो कत्रो ठुलो पेट “ छोरै हुन्छ “– बाजे पनि ४ भाई बाउ पनि ४ भाई “ छोरै हुन्छ “– यस्तो धर्मकर्म पुजा पाठ गर्दिरैछन “ छोरै हुन्छ “– बाउ नाच्नि गाउनी कलाकार हसिलो रसिलो “छोरै हुन्छ”– सपना कस्तो देख्याछौ अलि राम्रो सपना देख “छोरै हुन्छ– मिठो मसिनो र गुलियो धेरै खाउ है “छोरै हुन्छ”– पाउनी भाको बेला काम धन्दा गर्न पर्याछैन “ छोरै हुन्छ”– विहे गरेको यंत्रो वर्षमा बनाको पहिलो सन्तान “छोरै हुन्छ” अचम्म है ।

एउटा गर्भवती महिलाले छोरी पनि पाउछे भन्ने अपेक्षा नै गर्दैन हाम्रो समाज। अथवा कुनै दुईजिउ भएको पेटबाट छोरी जन्मियोस भन्ने शुभेच्छा नै राख्दैन। जब कुनै गर्भवती महिलाको जिवनमा सबै क़ुरा ठिकठाक देखिन्छ मान्छेहरुलाई छोरै हुन्छ भन्ने विश्वास लाग्छ । यो सबै अन्धविश्वास लाई तोडेर तिमी जन्मियौ । छोरी भएर ! लक्षिन भएर । लक्ष्मी भएर ।खै यो सत्य हो या संयोग ।

तिमी जन्मेपछि मेरा सपनाहरुले आकार लिन थाले, मेरो सिर्जनाहरु नोटिस हुन थाले, म व्यवसायिक हिसाबले व्यस्तहुन थाले, सबै भन्दा ठुलो कुरा त तिमलाई हेरेर म मुस्कुराउन थाले, सपना प्रतिको मेरो पागलपन र संघर्ष अल्ली सहज हुन थाल्यो । तिमी आए पछि मानौ सबैकुरा ठिक ठाक जस्तो भयो । त्यसैले तिमी विशेष छौ मेरा लागि । प्रेमको सबै भन्दा उच्चतम अनुभूति नै सन्तान प्रतिको प्रेम हो रैछ। कति लेखौ ।

कति भनौ खै । जेहोस तिम्रो जन्म दिनमा यति चाहि भनु – कि मैले गरेको कर्महरुले तिमीलाई गर्व का साथ भन्न मन ला गोस- yes ! he is my father र तिम्रो आफ्नो परिचयले मलाई गर्वका साथ भन्न मन लागोस – yes ! Im her father साथै तिमी र म मिलेर समाजको “ ढिलो होस छोरै होस” भन्ने विभेदकारी आशिष भत्काउनु पर्छ । हस् छोरी ! बरु त्यसको ठाउमा मानीसहरुले भनुन “ ढिलो होस तर छोरी नै होस “ । तिमी जस्तै !

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP