Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

दाङमा एक बर्षभित्र ४२ बालिका बलात्कृत

पुस ४, २०७६ दाङ : एक बर्षको अवधिमा दाङका ४२ बालबालिका बलात्कृत भएका छन्। इन्सेक दाङले बुधबार नेपाल मानव अधिकार बर्ष पुस्तक २०२०  सार्वजनिक गर्दै ४२ बालिका बलात्कृत भएको जनाएको हो।  सोही अवधिमा जिल्लाभर २ सय २४ वटा मानव अधिकार हननका घटना घटेका छन्। राजनीतिक आस्थाका आधारमा व्यक्ति गिरफ्तारदेखी नागरिक बेपत्ता पार्नेसम्मको मानव अधिकार हननका घटना भएको इन्सेक प्रतिनिधी जेएन सागरले बताए।  यो बर्ष १ सय ७९ घटना गैरराज्य, ३५ राज्य र १० वटा घटना अज्ञात पक्षबाट भएको छ । जसमा १ सय ७२ महिलासहित २ सय ५० जना पिडित भएका छन ।  अन्य बर्षहरुमा जस्तै यस एक बर्षमा पनि बलात्कार, बलात्कार प्रयास, बोक्सी आरोप, जातीय बिभेद, घर निकाला, मानव बेचविखन र अपहरणका घटनाहरु भएका छन्। यस्तै बाल बिबाह, बन्द–हडताल, बहुविवाह, सार्वजनिक सम्पत्तीमाथी आगजनी, बम विष्फोट, भ्रुण हत्या, आत्महत्या दुरुत्साहन, बेवारिसे शव फेला जस्ता घटनाहरु भएको इन्सेकले जनाएको छ । इन्सेकले यी घटनाहरुको बिश्लेषण गर्दै यस बर्ष पनि मानव अधिकारको अवस्थामा सुधार आउन नसकेको निष्कर्ष पनि निकालेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP