Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

धनुषा बमकाण्ड : जनकपुरमा विप्लवका अर्का नेता समातिए

पुस ४, २०७६ जनकपुरधाम : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका नेता रोहित ढकाललाई प्रहरीले पक्राउ गरेको छ। जनकपुर इञ्चार्ज ढकाललाई प्रहरीले बिहीबार साँझ बजार क्षेत्रबाटै पक्राउ गरेको हो।  महेन्द्रनगर बमकाण्डको अनुसन्धान गर्न गठित प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको टोलीले ढकाललाई समातेको हो। सिन्धुलीका स्थायी बासिन्दा ढकालमाथि अनुसन्धान भइरहेको प्रहरीस्रोतले जानकारी दिएको छ। पक्राउ परेका ढकालले शुरुमा आफुलाई पत्रकार भन्दै परिचय लुकाउने प्रयास गरेका थिए। तर जनकपुर आएको जानकारी पाएसँगै प्रहरीले केहीदिनदेखि उनीमाथि निगरानी राखेको थियो।  धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा प्रहरी निरीक्षक अमिर दाहाल र स्थानीय बाबु–छोराको ज्यान लिनेगरी भएको बम विस्फोट घटनामा विप्लव समूहको संलग्नता रहेका सुरक्षा निकायले निष्कर्ष निकालेको छ। विस्फोट भएलगत्तै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिइसकेको छ। पक्राउ परेकामध्ये मिथिला विहारी नगरपालिका–१ का रामसोभित पासवान विप्लव समूहसँग आवद्ध रहेको पुष्टि भएको छ। उनी पक्राउ परेपछि विप्लव समूहलाई लक्षित गरेर प्रहरीले बमकाण्डको अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP