Trending
राजनीति स्थानीयको ज्ञापनपत्र बुझ्दै ऊर्जामन्त्रीले भने- मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ अन्तर्राष्ट्रिय पाकिस्तानसँगको तनावपछि बन्द भारतका ३ राजनीति भारत-पाकिस्तानलाई हामीले संयम अपनाउन भन्यौँ, युद्ध रोकियो : ओली अपराध कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा स्वास्थ्य आवासीय चिकित्सकसँगको सहमति कार्यान्वयन गर्न कार्यदल गठन शिक्षा धमाधम ‘निजी स्कुल’मा वाणिज्य विभागको अनगुमन, कागजात लिएर शुल्कबारे अनुसन्धान गर्दै समाज साकेला उभौली चाड : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै समाज रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने समाज बनेपामा ऐतिहासिक चण्डेश्वरी जात्रा समाज पहलगाममा मारिएका सुदीपको परिवार भेट्न बुटवल पुगे राजदूत श्रीवास्तव

धनुषा बमकाण्ड : जनकपुरमा विप्लवका अर्का नेता समातिए

पुस ४, २०७६ जनकपुरधाम : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका नेता रोहित ढकाललाई प्रहरीले पक्राउ गरेको छ। जनकपुर इञ्चार्ज ढकाललाई प्रहरीले बिहीबार साँझ बजार क्षेत्रबाटै पक्राउ गरेको हो।  महेन्द्रनगर बमकाण्डको अनुसन्धान गर्न गठित प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको टोलीले ढकाललाई समातेको हो। सिन्धुलीका स्थायी बासिन्दा ढकालमाथि अनुसन्धान भइरहेको प्रहरीस्रोतले जानकारी दिएको छ। पक्राउ परेका ढकालले शुरुमा आफुलाई पत्रकार भन्दै परिचय लुकाउने प्रयास गरेका थिए। तर जनकपुर आएको जानकारी पाएसँगै प्रहरीले केहीदिनदेखि उनीमाथि निगरानी राखेको थियो।  धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा प्रहरी निरीक्षक अमिर दाहाल र स्थानीय बाबु–छोराको ज्यान लिनेगरी भएको बम विस्फोट घटनामा विप्लव समूहको संलग्नता रहेका सुरक्षा निकायले निष्कर्ष निकालेको छ। विस्फोट भएलगत्तै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिइसकेको छ। पक्राउ परेकामध्ये मिथिला विहारी नगरपालिका–१ का रामसोभित पासवान विप्लव समूहसँग आवद्ध रहेको पुष्टि भएको छ। उनी पक्राउ परेपछि विप्लव समूहलाई लक्षित गरेर प्रहरीले बमकाण्डको अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP