Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

गाउँपालिकामा नै एम्बुलेन्स नहुदाँ समस्या ।। ट्याक्टरमा नै सुत्केरी ।।

दिपक के.सी.
कपिलवस्तु पौष, ५

कपिवस्तुको विजयनगर गाउँपालिका वडा ५ की एक महिलाले ट्याक्टरमा नै बच्चा जन्माएकी छन । सुत्केरी व्याथा लागेपछि लागेपछि अस्पताल ल्याउने क्रममा उनले ट्याक्टरमा नै बच्चा जन्माएकी हुन ।
विजयनगर गाउँपालिका वडा नं. ५ कटुवा गाउँकी उर्मिला कोरी शनिबार सुत्केरी व्याथाले छटपटाए पछि उनको परिवारले उनलाई सुत्केरी गराउन अस्पताल लाने सल्लाह भयो । व्याथा लागेकी की श्रीमतीलाई अस्पताल के मा लैजाने सरसल्लाह हुन लाग्यो । एम्बुलेन्समा लानु पर्ने तर विजयनगर गाउँपालिकामा नै एम्बुलेन्स नभए पछि घरमा रहेको ट्याक्टरमा उर्मिला ट्याक्टरमा नै राखि चन्द्रौटामा ल्याउने निधो गरे ।
एक त गर्भवती महिला त्यो पनि सुत्केरी व्याथाले च्यापेको अवस्थमा ट्याक्टरमा उफार्दै चन्द्रौटा ल्याइयो । अस्पताल नपुग्दै उर्मिलाले बच्चा जन्माइन । बाटोमा नै बच्चा जन्मेपछि अस्पताल नै नपुगि घर फर्किन लागेको उर्मिलाका श्रीमान विजय कोरीले बताए । बच्चा जन्मिहाल्यो अब किन अस्पताल लानु पर्यो उनले भने । गाउँपालिकामा गतिलो स्वास्थ्य संस्था नभएकोले आफुले डेलिभरी गराउन शिवराज नगरपालिका चन्द्रौटामा ल्याउनु परेको उनले बताए । गाउँपालिकाले हाल सम्म एम्बुलेन्स खरिद नगर्दाको पिडा आफु जस्तै अरु गाउँपालिका बासीको रहेको उनले बताए । भगवानको कृपाले मेरो श्रीमती र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ नत्र यस्तो समस्यामा जे पनि हुनसक्थ्यो कोरीले भने ।
यता विजयनगर गाउँपालिकाले एम्बुलेन्स खरिद र संचालनका लागी प्रयास र पहल भने नगरेको होइन । यस आर्थिक बर्षमा एम्बुलेन्स खरिदका लागी गाउँपालिकाले १५ लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष गोपाल थापाले बताए । यस बर्ष दातृ निकायबाट सहयोग प्राप्त भयो भने २ वटा एम्बुलेन्स संचालन हुने अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP