Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

फिल्मी शैलीमा बालब‍ालिका बन्धक बनाएर फिराैती माग्ने दुई जना पक्राउ

काठमाण्डौ – तीन बालबालिकालाई अपहरण गरी बन्धक बनाएको अभियोगमा प्रहरीले काठमाण्डौबाट दुई जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरीको टोलीले बुधबार राति गोरखा घर भएका बिनोद थापा मगर र अर्का एक होटल सञ्चालकलाई पक्राउ गरेको हो । 

स्कुल जान लागेका बालबालिकालाई अपहरण गरी काठमाण्डौ टोखाको होटेल ब्लू स्टारको कोठा नम्बर ४०४ मा लगेर बन्धक बनाइएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । अपहरपछि बच्चाको आमालाई रिहाइका लागि तीन लाख फिरौती माग गरेका थिए । 

यस्ताे थियाे घटना 

गएको शनिबार काठमाण्डौकी एक महिला आफ्ना बच्चाहरुलाई आफन्तको रेखदेखमा सामाखुसीमा रहेकाे कोठामा राखेर काम विशेषले पोखरा गएकी थिइन् ।
सोमबार उनलाई बच्चाकै मोबाइलबाट अपरिचित आवाजमा फोन आयो । ती अपरिचितले धम्कीको भाषामा भने, ‘तिम्रा छोराछोरी मेरो कब्जामा छन्, तीनलाख रुपैयाँ फिरौती दिएमात्र छाड्छु ।’ 

फोन गर्ने व्यक्ति थिए, बानेश्वर बस्ने कैलाली धनगढीका २४ वर्षीय आशिष सिंजाली । चिनजानकै व्यक्तिले फोन गरेको र बच्चाहरुले पनि मामा भन्ने गरेकाले सिंजालीले त्यस्तो गरेको पत्याउन ती महिलालाई मुश्किल भयो । तै पनि उनी पोखरा बस्न सकिनन् र सामाखुसीमा छोराछोरीलाई छाडेर गएको कोठमा आइपुगिन् । तर, कोठामा पुग्दा छोराछोरी थिएनन् । 

छोराछोरी कोठामा नभेटेपछि उनले अपहरणमा परेको भन्दै महानगरीय प्रहरी परिसर काठमाण्डौलाई जानकारी गराइन् । प्रहरीका अनुसार आशिषले ती बच्चाहरुलाई ‘तिम्री आमाले तिमीहरुलाई होटेलमा राख्नु भनेको छ’ भन्दै ब्लूस्टार होटेलमा लगेर बन्धक बनाएका थिए । 

बुधबार पक्राउ परेका बिनोद मगरले प्रहरीलाई दिएको बयानमा काठमाण्डौमा अन्य दुई जनालाई अपहरण गरेको सम्बन्धमा हेटौँटामा पक्राउ परेपछि सिंजालीले बच्चाहरुको रेखदेखका लागि आफूलाई राखेको बताएका छन् । 

मगरमाथि अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP