Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं १ पणेना(सिम्ले)मा २ करोड को सुन्तला उत्पादन

माधव पौडेल 
पुस ३ अर्घाखाँची
अर्घाखाँची जिल्लाको पूर्वी पाणिनी गाउँपालिका वडा नं १ पणेना सिम्ले का सुन्तला कृषकहरुक यतिखेर सुन्तला बिक्रीमा व्यस्त भएका छन् । जिल्लाकै सुन्तला पकेट क्षेत्र भनेर चिनिने एउटा सानो गाउँ का मानिसहरूको मुख्य पेशा तथा आयआर्जन को स्रोत भनेकै सुन्तला खेती बनेको छ ।

अहिले पोहोर सालको तुलनामा गाउमा सुन्तला अलि कम भएता पनि पोहोरभन्दा मूल्य बढी भएकाले थोरै सुन्तलाको पनि धेरै मूल्य पर्ने कृषक बताउँछन् । कृषक टीकाराम पौडेलले अहिले आफूले सुन्तला १३० क्विन्टल बेच्ने जसबाट हुने रकम ९ लाख हुने बताउँछन् ।

उनले आफ्नो पेशासँग सन्तुष्ट रहेको पनि बताए । त्यस्तै गाउँका अर्का किसान मोहन पौडेल ले पनि अहिले ७-८ लाख को सुन्तला बेच्ने बताए । यस गाउँका धेरै जसो कृषकले १ लाख देखि १२ लाखसम्म को सुन्तला बिक्री गर्ने गर्दछन् ।

आर्थिक हिसाबले पनि यस गाउँ सम्पन्नशाली देखिन्छन् । अबको ५-७ वर्ष पछि यसै गाउँमा मात्र ५-६ करोड को सुन्तला उत्पादन हुने कृषक बताउँछन् । पछिल्लो समयमा विदेश पलायन भइरहेका युवाहरुले आफ्नो गाउँठाउँमा जुन खेती उपयुक्त छ त्यही खेती लाई ठुलो रुपमा विस्तार गरी व्यवसायिक कृषि गरी मनग्य आम्दानी लिने कि ?

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP