Trending
राजनीति अनेकताभित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्यः शिक्षामन्त्री पन्त समाज तोलाको ३ हजारले बढ्यो सुन राजनीति हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली राजनीति समितिबाट पारित भयो निजामती विधेयक, कुलिङ पिरियड २ वर्ष, महिलाको सेवा प्रवेश अधिकतम उमेर घट्यो समाज मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु समाज तीन दिनदेखि हराएकी युवती जंगलमा मृत फेला राजनीति सगरमाथा संवाद सुरु समाज मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्त्वपूर्ण विशिष्टता : राष्ट्रपति पौडेल राजनीति सरकार उल्टो बाटो हिँड्दैछ, तर हामी ढाल्दैनौँ : प्रचण्ड flash विजयनगरमा पाेषण खाद्य सुरक्षा निर्देशक समिति तथा सराेकारवालासँगकाे बैठक सम्पन्न

अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं १ पणेना(सिम्ले)मा २ करोड को सुन्तला उत्पादन

माधव पौडेल 
पुस ३ अर्घाखाँची
अर्घाखाँची जिल्लाको पूर्वी पाणिनी गाउँपालिका वडा नं १ पणेना सिम्ले का सुन्तला कृषकहरुक यतिखेर सुन्तला बिक्रीमा व्यस्त भएका छन् । जिल्लाकै सुन्तला पकेट क्षेत्र भनेर चिनिने एउटा सानो गाउँ का मानिसहरूको मुख्य पेशा तथा आयआर्जन को स्रोत भनेकै सुन्तला खेती बनेको छ ।

अहिले पोहोर सालको तुलनामा गाउमा सुन्तला अलि कम भएता पनि पोहोरभन्दा मूल्य बढी भएकाले थोरै सुन्तलाको पनि धेरै मूल्य पर्ने कृषक बताउँछन् । कृषक टीकाराम पौडेलले अहिले आफूले सुन्तला १३० क्विन्टल बेच्ने जसबाट हुने रकम ९ लाख हुने बताउँछन् ।

उनले आफ्नो पेशासँग सन्तुष्ट रहेको पनि बताए । त्यस्तै गाउँका अर्का किसान मोहन पौडेल ले पनि अहिले ७-८ लाख को सुन्तला बेच्ने बताए । यस गाउँका धेरै जसो कृषकले १ लाख देखि १२ लाखसम्म को सुन्तला बिक्री गर्ने गर्दछन् ।

आर्थिक हिसाबले पनि यस गाउँ सम्पन्नशाली देखिन्छन् । अबको ५-७ वर्ष पछि यसै गाउँमा मात्र ५-६ करोड को सुन्तला उत्पादन हुने कृषक बताउँछन् । पछिल्लो समयमा विदेश पलायन भइरहेका युवाहरुले आफ्नो गाउँठाउँमा जुन खेती उपयुक्त छ त्यही खेती लाई ठुलो रुपमा विस्तार गरी व्यवसायिक कृषि गरी मनग्य आम्दानी लिने कि ?

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP