Trending
flash भारतबाट अवैध रूपमा ल्याइएका १ हजार ५ सय चल्ला बरामद flash नागरिक यात्रुको गुनासो र समस्या तत्काल सम्बोधन गर्न यात्रु सहायता कक्ष स्थापना flash राकेश यादवले दिए कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ

६ वटा ग्रहहरु एकैस्थानमा

काठमाडौं । आगामी २०७६ साल पुस १० गते बिहिवार डिसेम्बर २६ तारिखका दिन खण्डग्रस सूर्यग्रहण मूल नक्षत्र धनुराशिमा लाग्दै छ । बिहान ८ बजेर ४२ मिनेट बाट सुरु सुरुहुने उक्त ग्रहण बिहान १० बजेर १ मिनेटमा मध्यम अबस्थामा रहेने छ । बिहानै ११ बजेर ३१ मिनेटमा पूर्णरुपमा ग्रहणले छोड्ने दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका महासचिव सुरेश चन्द्र रिजाले बताए। उक्त ग्रहणको अबधि २ घण्टा ४९ मिनेट सम्म रहने छ । ६ वटा ग्रहहरु एकैस्थानमा रहेर लाग्न लागेको ग्रहण हुनाले पनि विशेष रुमा हेरिरहेको छ । यो एकदमै दुर्लभ खगोलिय धटना हो ।

जोतिष रिजालका अनुसार मूल नक्षत्र तथा धनु राशिमा लाग्ने ग्रहणको विभिन्न राशिमा पनि यसको प्रभाव पर्दछ । विशेषगरी धनु, वृश्चिक,तुला, सिंह, कर्कट,वृष, मेष, मीन, राशिमा जन्मिएका मानिसका लागि नकारात्मक प्रभाव पर्ने हुदा सावधानी अपनाउनु पर्ने देखिएको छ । ग्रहण हेर्न नहुने वताईएको छ । कन्या, मिथुन, कुम्भ तथा मकर राशिहुनेहरुका लागि भने विषेश फाईदा रहने ।

पुस ९ गते राति ८ बजेर ४२ मिनेट बाट नै बालक,बृद्द तथा रोगि वाहेकले भोजन गर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ । एस्तो अबस्थालाई सुतक काल भनेर भनिएको छ । सुतक ग्रहण लाग्नु भन्दा १२ घण्टा अगाडि देखि नै सुरु हुने गर्छ । यो ग्रहण बिशेष गरि भारतको नाम र राशिमा लाग्ने हुदा भारतमा यसको प्रभाव उच्चरहने छ । बिशिस्ट व्यक्तिको मृत्यु समेत हुने छ ।

रिजालका अनुसार यसको प्रभाव पृथ्वीमा रहेका हरेक वस्तुमाथि फरक फरक तरिकाले पर्दछ । यस्ता खाले ग्रहण लागेको समयमा विभिन्न क्षेत्रमा प्रभाव पार्ने गर्दछ । बिशेष गरि पूर्वि तथा दक्षिणी देशहरुमा यसको प्रभमव उच्च रहने छ । ग्रहण लाग्ने राशिको हिसाबले पनि धनु राशिको दिशा पनि पूर्व नै हो यस कारणले पनि यी क्षेत्रमा धेरै प्रभाव पर्ने छ । राजनीति, व्यपार विदेश मुद्रा, सुन चादिको मुल्यमा वृद्धि, बिशिस्ट व्यक्तिको मृत्युु हुने जस्ता घटना एक पक्ष अघि र एक पक्ष पछि सम्म रहने छ ।

पक्ष भन्नाले १५ दिन अघि भन्ने बुझिन्छ । यसको प्रभाव पन्द्र दिन अघिदेखि नै पर्न सुरु गर्छ भने ग्रहण लागेपछि पनि करिव १५ दिन रहने छ । तर लागेपछिको समयभने तेत्ती खतरा नहुने तर सवारी तथा हवाई दुर्घटनामा भने सावधानी अपनाउनु पर्ने ज्योतिषीको सुझाब छ । यो खण्डग्रास सुर्य ग्रहण हो ।

ग्रहण प्रकृतिका लागि अद्भुत चमत्कार एक खगोलीय घटना हो । यसको गणना ईसाको चार हजार वर्ष पूर्व नै गणना भएको कुरा वेदमा उल्लेख छ । ऋग वेदमा भनिएको छ अत्री ऋषीका परिवारलाई मात्रै यस्तो खाले खगोलीय घटनाको गणना गर्ने ज्ञान थियो महर्षि अत्रीमुनि ग्रहणहरुको बारेमा जानकारी गराउने प्रथम आचार्य भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । वैदिक कालदेखि नै ग्रहणको अद्ययन तथा परिक्षण भएको प्रमाण भेटिन्छ ।

भौतिक विज्ञानले पनि स्विकारेको छ एन्टि रेडिएसनका रुपमा र आद्यात्मिकले पनि नकारात्मक शक्ति एक दमै हानिकारक हुन्छ र यसबाट बच्नका लागि आग्रह गरेका थिए । यसको स्रोत भनेको भनेको राहु र केतु नाम गरेका ग्रहहरुबाट नै आउने हो । त्यस कारण हरेक अ‍ैशी तथा पूर्णिमामा ग्रहण नलाग्नुको कारण नै राहुर केतुले गर्दा हो ।

वैज्ञानिक तथा खगोल विद्का लागि यस्ता खाले खगोलीय घटनाहरुलाई निक्कै महत्त्वका साथ हेरिने गर्दछ । एक पटक लागेको ग्रहण पुन दोहोरिन मानिसले धेरै लामो समय करिब दुई दशक पछिमात्रै ठिक यही समयमा यस्तै प्रकृतिको ग्रहण लाग्दछ । लामो समय कुर्नु पर्ने भएकाले पनि विशेष महत्त्वका साथ हेरिने गर्दछ । पृथ्वी आफ्नो अरविटमा घुमिरहेको छ । धुम्ने क्रममा सूर्यको परिक्रमा गरिरहेको छ । तेस्तै सूर्यले पनि आफ्नो अरविटमा पूरा सौर्य परिवारकै परिक्रामा गरिरहेको छ । चन्द्रमा आफ्नै अरविटमा पृथ्वीको चारैतिर परिक्रका गरिरहेको छ ।

परिक्रमाकै क्रममा जब चन्द्रमा सूर्य र पृथ्वीको मध्य भागमा आउदछ या एउटै लाईनमा (कन्जम्सम) पर्दछ यस्तो अवस्थामा न्यूमुन अमावस्य भनिन्छ । यस्तो अबस्थामा चन्द्रमाका कारणसूर्यको प्रकाश पृथ्वीमा आउन पाउदैन र पृथ्वीको जुन–जुन भागबाट उक्त सूर्यको प्रकाश देख्न पाईदैन तेहि स्थानलाई नै ग्रहण लागेको भनेर भनिएको हो ।

यसको ठिक बिपरित चन्द्रमा अपोजिट साईटमा गएको अबस्था रेखिय अबस्था हो । पृथ्वीको विपरीत तर्फ हुदा पूर्णिमा हुन्छ यस्तो अबस्थामा सूर्यको किरण पूर्णरुपमा चन्द्रमामा ठोकिएर पृथ्वीमा आउदछ । यदि यस्तो अबस्थामा राहु यो केतु ग्रहमद्ये कुनै एक नजिक गएको अवस्थामा या चन्द्रमाको प्रकाश छेकेमा चन्द्र ग्रहण लाग्दछ । ग्रहण कालमा कुनै नदि तलाउ तथा धार्मिक क्षेत्रमा गएर स्नानगर्नु पर्ने बिधान रहेको छ । साधना गर्ने मानिसका लागि यस्तो दिन अति उपयोगि मानिन्छ । दान तथा मन्त्रहरुको जपले यसको प्रभाव कमपर्ने शास्त्रमा उल्लेख गरिएको छ ।

-डिसी नेपालबाट

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP