Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

आफ्नै घरमा बोलाएर फुटाए मेयरका उम्मेदवारको टाउको

कृष्णनगर ५ पुस  ।

 कपिलवस्तु स्थित आफ्नै घरमा बोलाएर क्षेत्र नं ३का सांसद एवम नेपाली कांग्रेसका नेता अभिशेष प्रताप शाहले गत  चुनावमा राप्रपावाट कृष्णनगरका मेयरका उम्मेदवार एवम भोजपुरी चलचित्रका नायक  श्याम मिश्रालाई टाउकोमा चोट लाग्ने गरी  कुटपीट गरेका छन् ।         आफ्ना गाडीका चालक शशि कस्यपलाई बोलाउन पठाएपछि शाहका घरमा पुगेका मिश्रालाई कोठाभित्र थुनेर सांसद शाह र ड्राइभर कस्यपले  मरणासन्न हुनेगरी कुटपीट गरेको पीडित पक्षका आफन्तले जानकारी दिएका छन् ।         मरणासन्न हुनेगरी कुटपीट पछि सांसद शाहका ड्राइवरले उनलाइ गाडीमा राखेर कृष्णनगर बजार स्थित सडकमा ल्याएर छाडेका थिए ।स्थानीयतले घाइते मिश्राको उद्धार गरी बहादुरगंज पठाएकोमा उनको गंभिर अवस्था देखेपछी बुटवल रिफर गरिएको वताइएकोछ।कपिलवस्तुका प्रहरी उपरीक्षक दिप शम्शेर जवराले मिश्राले सांसद शाह र उहाका ड्राइवरले कुटपीट गरेको भन्ने जानकारी प्रहरीमा दिएको वताउनु भयो । घाइते मिश्रालाई उपचारकालागि बुटवल पठाइएको समेत वताउनु भयो ।      घाइतेको उपचारलाई पहिलो प्राथमिकता दिइएकाले पीडीत पक्षवाट निबेदन दिनेकाम नभएको जवराको भनाइछ ।सांसद शाहलाई पीडितको निवेदन नआई संसद चलेका बेलामा सभामुखको अनुमति विना पक्राउ गर्न नमिल्ने भएकाले पक्राउ नगरिएको उपरीक्षक जवराले प्रष्टाउनु भयो । सांसद शाहको ड्राइवर फरार रहेकाले पक्राउ गर्न नसकिएको उहाले वताउनु भयो । कृष्णनगरमा रहेका सांसद शाह टेलफोन संपर्कमा आउन चाहानु भएन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP