Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

हिन्दू परिषद नेपालले पुसमा २५ जिल्लामा जनजागरण सभा गर्ने,हिन्दू राष्ट्रको लागी राष्ट्रिय गठबन्धन(NDA) बनाउने

बीरगंज ६ पूस हिन्दू परिषद नेपालको केन्द्रिय सचिवालय बैठक आज बीरगंजमा सम्पन भएको छ।केन्द्रिय अध्यक्ष संतोष पटेलको सभापतित्वमा सम्पन बैठकले पूस महिना २५ जिल्लामा जनजागरण सभा गर्ने निर्णय गरेको छ।जिल्ला जिल्लामा सरोकरवालाहरु संग अन्तर्क्रिया, संगठन बिस्तार, धार्मिक स्थल अवलोकन एंव पूजापाठ, समान उद्देश्य बोकेको संघ-संस्था संग समन्वय एंवम सहकार्य गर्ने र हिन्दू राष्ट्रको लागी राष्ट्रिय गठबन्धन(NDA)निर्माण गर्ने र माघ महिनामा हिन्दू परिषद नेपालको राष्ट्रिय सम्मेलन काठमांडौमा गर्ने बैठकले निर्णय गरेको केन्द्रिय महासचिव अनिरुद्ध सिंहले बताए।पूस १० गते रौतहट,११ गते बारा,१२ गते पर्सा,१३ गते सर्लाही,१४ गते महोत्तरी र सिन्धुली,१५ गते धनुषा,१६ गते सिरहा र उदयपुर,१७ गते सप्तरी,१८ गते सुनसरी,१९ गते मोरंग र झापा,२२ गते मकवानपुर,२३ गते चितवन,२४ गते नवलपरासी,२५ गते रूपनदेही र पाल्पा,२६ गते कपिलवस्तु,२७ गते दाग़ र सुर्खेत,२८ गते बाके र बर्दिया,२९ गते कैलाली र कंचनपुरमा हिन्दू परिषद नेपालले कार्यक्रम गर्ने बैठकले तय गरेको छ।बीरगंज स्थित श्री गहवामाई अथिति सदनमा बैठकमा हिन्दू परिषद नेपालका केन्द्रिय कोषाध्यक्ष संजय सरार्फ,केन्द्रिय सदस्यहरु श्रीराम उपाध्याय, लालबाबू प्रसाद कुर्मी,सुरेश साह कानू, चित्तरंजन श्रीवास्तव,सुकदेव साह कानू,भरत सरार्फ,सचितनन्द दुबे,उमेश साह कानू,किरण अग्रवाल, संतोष सरार्फ,आजीवन सदय मदन प्रसाद कुर्मी,पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल,वरिष्ठ उपाध्यक्ष छबिलाल उप्रेती,उपाध्यक्ष राधेश्याम सरार्फ,सचिव अंशु कुमार प्रजापति, जिल्ला सदस्यहरु बिरेन्द्र चौहान,ऋषिकेश पटेल,सल्लहकार जोगिन्द्र साह कलवार,बीरगंज नगर अध्यक्ष प्रमोद सिंह,सचिव रंजीत चौरसिया,बड़ा न.१२ अध्यक्ष अरबिन्द साह कानू लगाएतको उपस्थिति रहेको थियो।हिन्दू परिषद नेपाल हिन्दू राष्ट्रको लागी २०७२ साल देखी नै संघर्ष गर्दै आईरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP