Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

वीरगञ्जमा घ्यूमा अखाद्य वस्तु मिसाउने उद्याेगमा छापा : कच्चा पदार्थ र मेशिन बरामद

पर्सा – वीरगन्ज महानगरपालिका-१२, ब्रम्ह्चोकमा रहेको श्री सिद्धि विनायक पूजा सामग्री उत्पादन उद्योगमा प्रहरीले आइतबार छापा मारेको छ ।

पूजा र खानका लागि उत्पादन गरिने शुद्ध घ्यूमा अखाद्य वस्तु मिलाइरहेको भन्ने सूचनाको आधारमा सोमेन्द्र सिंह राठौरको टाेलीले छापा मारेर अखाद्य घ्यू समेत बरामद गरेको छ ।

त्यस क्रममा डाल्डा, रंग तथा सुगन्धित रसायन प्रयोग गरी शुद्ध घ्यू उत्पादन गरिरहेको भेटिएको थियो ।

शुद्ध घ्यू भनेर प्रचारबाजी गर्दै उत्पादन गरिने श्री सिद्धि विनायक घ्यू नेपालभर बिक्री बितरण हुँदै आएको थियो । छापा मार्ने क्रममा अखाद्य वस्तु मिलाइएको भेटिएपछि त्यसमा प्रयोग गरिने सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले घ्यू उत्पादन गर्ने भाँडो, कच्चा पदार्थ तथा उत्पादन गरिएका घ्यू प्याक गरेर सिल मार्ने मेशिनलगायतका सामानहरु नियन्त्रणमा लिएको हाे ।

यस क्रममा प्रहरीले उद्योगसँग आवद्ध रमेश श्रेष्ठ र राम विलास नाम गरेका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा लगेर आवश्यक अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP