Trending
राजनीति स्थानीयको ज्ञापनपत्र बुझ्दै ऊर्जामन्त्रीले भने- मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ अन्तर्राष्ट्रिय पाकिस्तानसँगको तनावपछि बन्द भारतका ३ राजनीति भारत-पाकिस्तानलाई हामीले संयम अपनाउन भन्यौँ, युद्ध रोकियो : ओली अपराध कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा स्वास्थ्य आवासीय चिकित्सकसँगको सहमति कार्यान्वयन गर्न कार्यदल गठन शिक्षा धमाधम ‘निजी स्कुल’मा वाणिज्य विभागको अनगुमन, कागजात लिएर शुल्कबारे अनुसन्धान गर्दै समाज साकेला उभौली चाड : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै समाज रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने समाज बनेपामा ऐतिहासिक चण्डेश्वरी जात्रा समाज पहलगाममा मारिएका सुदीपको परिवार भेट्न बुटवल पुगे राजदूत श्रीवास्तव

वीरगञ्जमा घ्यूमा अखाद्य वस्तु मिसाउने उद्याेगमा छापा : कच्चा पदार्थ र मेशिन बरामद

पर्सा – वीरगन्ज महानगरपालिका-१२, ब्रम्ह्चोकमा रहेको श्री सिद्धि विनायक पूजा सामग्री उत्पादन उद्योगमा प्रहरीले आइतबार छापा मारेको छ ।

पूजा र खानका लागि उत्पादन गरिने शुद्ध घ्यूमा अखाद्य वस्तु मिलाइरहेको भन्ने सूचनाको आधारमा सोमेन्द्र सिंह राठौरको टाेलीले छापा मारेर अखाद्य घ्यू समेत बरामद गरेको छ ।

त्यस क्रममा डाल्डा, रंग तथा सुगन्धित रसायन प्रयोग गरी शुद्ध घ्यू उत्पादन गरिरहेको भेटिएको थियो ।

शुद्ध घ्यू भनेर प्रचारबाजी गर्दै उत्पादन गरिने श्री सिद्धि विनायक घ्यू नेपालभर बिक्री बितरण हुँदै आएको थियो । छापा मार्ने क्रममा अखाद्य वस्तु मिलाइएको भेटिएपछि त्यसमा प्रयोग गरिने सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले घ्यू उत्पादन गर्ने भाँडो, कच्चा पदार्थ तथा उत्पादन गरिएका घ्यू प्याक गरेर सिल मार्ने मेशिनलगायतका सामानहरु नियन्त्रणमा लिएको हाे ।

यस क्रममा प्रहरीले उद्योगसँग आवद्ध रमेश श्रेष्ठ र राम विलास नाम गरेका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा लगेर आवश्यक अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP