Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

पत्रकार जमाल खशोग्गी हत्याकाण्डमा पाँच जनालाई मृत्युदण्डको सजाय

काठमाण्डौ – साउदी अरबको एक अदालतले पत्रकार जमाल खशाेग्गीकाे हत्यामा संलग्न पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । 

सोमबार साउदी अरबका सरकारी अभियोजक शलान अल–शलानले भने, ‘खशाेग्गीकाे हत्यामा संलग्न भएका पाँच जनालाई मृत्युदण्डको सजाय दिइएको छ । साथै तीन जनालाई कुल २४ वर्षको जेल सजाय सुनाइएको छ ।’

खशाेग्गी हत्या प्रकरणमा साउदी अरबका क्राउन प्रिन्स मोहम्द बिन सलमानका सल्लाहकार सउद अल–खतानीसँग बुझिएको थियो तर उनीमाथि कुनै पनि आरोप लगाइएको छैन । 

उनलाई अन्तिम पटक सने २०१८ अक्टोबरमा टर्कीको इस्तानबुलमा रहेको साउदी वाणिज्यिक दूतावास बाहिर देखिएको थियो । टर्कीले साउदी अरबमाथि दूतावासमा जमाल खशाेग्गीको हत्या गरेको आरोप लगाएको थियो । तर उनको लाश त्यहाँ भेटिएको थिएन । 

साउदी अरबका अधिकारीहरुको आदेशमा खशाेग्गीको हत्या गरिएको टर्कीले आरोप लगाएको थियो । यद्यपि साउदी अरबले यो कुरालाई नकार्दै आएको थियो । 
पत्रकार जमाल खशाेग्गीको हत्यालाई लिएर अन्तर्राष्ट्रियस्तरमा नै कडा आलोचना भएको थियो । 

अमेरिकी जासुसी एजेन्सी सीआईए र पश्चिमी देशका सरकारहरुले भने साउदी राजकुमारकै आदेशमा खशाेग्गीको हत्या भएको बताएका थिए । तर साउदी अरबका अधिकारीहरुले यसमा आफूहरुको कुनै भूमिका नभएको बताएका थिए । 

खशाेग्गी हत्या प्रकरणमा टर्कीले साउदी अरबबाट १८ जना संदिग्धहरुलाई प्रत्यार्पित गर्ने कुरा पनि उठाएको थियो । तर साउदीले टर्कीको यो मागलाई खारेज गरेको थियो । 

यसै वर्षको जनवरीमा खशाेग्गी हत्या प्रकरणमा रियादमा ११ जना अभियुक्तमाथि मुद्दाको सुनुवाइ सुरु भएको थियो । गएको सेप्टेम्बरमा साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले सार्वजनिक रुपमा नै जमाल खशाेग्गीको हत्याको जिम्मेवारी लिँदै भनेका थिए– मेरो कार्यकालमा नै हत्या भएको हो र हत्या जिम्मेवारी म आफै लिन्छु । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP