Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

विप्लव समूहका मध्यपश्चिम कमाण्ड इञ्चार्ज वीरजंगसहित २१ जना नेता कारागार चलान

दाङ  – दुई महिनाअघि दाङको राजपुर गाउँपालिका – ४ मुंग्रठा खोलाबाट पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) समुहका २१ जना नेता पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत दाङका न्यायाधिस रितेन्द्र थापाको इजलासले २१ जना विप्लव समूहका नेताहरुलाई जनही १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । तर, नेताहरुलाई फेरि पक्राउ गर्न प्रहरी तयार अवस्थामा रहेका कारण उनीहरुले धरौटी तिर्न नसक्ने भन्दै करागार जाने निधो गरेका हुन् ।

अदालतको आदेश अनुसार धरौटीमा छुट्ने तयारी गरेका नेताहरुलाई प्रहरीले फेरि पक्राउ गर्ने तयारी गरेपछि आफूहरु धरौटी नतिर्ने र पूर्पक्षका लागि कारागार जाने निर्णय लिएको विप्लव समूहका मध्यपश्चिम कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द (वीरजंग)ले जानकारी दिनुभयो ।

गएको असोज २९ गते राति मुंग्रेटागाउँमा पार्टीको आन्तरिक बैठक चलिरहेको बेला दाङ प्रहरीले पार्टीका २१ जना नेताहरुलाई हतियार, विष्फोटक पदार्थ, नगद रुपैयाँ र पार्टीका महत्वपूर्ण दस्ताबेज बरामद गरेको थियो ।

प्रहरीले विप्लव समूहका मध्यपश्चिम कमाण्ड इञ्चार्ज वीरजंगसहित राप्ती ब्यूरो इञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका २१ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP