Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

गुल्मीको हेल्थपोष्टलाई एम्बुलेन्स हस्तान्तरण

पूर्वस्वास्थ्य मन्त्री तथा सांसद गगन थापाले गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ लाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ । ‘पण्डित वेणी माधव पौडेल प्रतिष्ठान’ले उपलब्ध गराएको एम्बुलेन्सलाई कांग्रेसका प्रभावशाली नेता थापाले काठमाडौंमा सोमबार आयोजित विशेष कार्यक्रममा एम्बुलेन्स हस्तान्तरण गर्नु भएको हो । कालिगण्डकी गाँउपालिका ७ भुर्तङ्ग हेल्थ पोष्टले सञ्चालन गर्ने गरी नेता थापाले वडा नम्बर ७ का वडाध्यक्ष लोकप्रताप शाहलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गर्नु भएको थियो । नेपाली कांग्रेसका नेता स्व.गिरिजाप्रसाद कोइरालाको निजी सहयोगीका रुपमा लामो समय काम गरेका काँग्रेस नेता गोकर्ण पौडेलले आफ्नो बुवाको स्मृतिमा गाउँपालिकाको वडा नम्बर ७ लाई प्रतिष्ठानमार्फत एम्बुलेन्स उपलब्ध गराइएको जानकारी दिनुभयो । कार्यक्रममा युवा नेता थापाले एम्बुलेन्सलाई सकेसम्म न्युनतम शुल्क लिएर सेवा दिन सुझाव दिनुभएको थियो । ‘एम्बुलेन्स चलाउन शुल्क उठाउनुपर्छ, शुल्क उठाउँदा सेवाग्राहीलाई भार पार्नु हुँदैन’, उहाँले भन्नुभयो, ‘एम्बुलेन्सको मर्मत सम्भार, चालकको तलबलगायतका विषयमा पनि एम्बुलेन्सको शुल्कले व्यवस्था मिलाउनुपर्छ ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP