Trending
flash विजयनगरकाे डगडईका आगलागी पिडितलाई राहत वितरण flash विजयनगरमा नि:शुल्क स्वास्थ्य शिविर, ३ सय ९३ जनाले सेवा लिए राजनीति सांसदलाई बजेट बाँडेर बदनाम नगराइदिनू : सांसदहरू flash दूधाधारी नमुना माविमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया राजनीति लमजुङमा साबित्रा भण्डारी ‘साम्बा’को स्तम्भ, चोकको नाम राखियो साम्बा चोक राजनीति सिमेन्टमा नेपाल आत्मनिर्भर छ, अब स्वदेशमै खपत बढाऔँः मन्त्री दाहाल खेल नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा राजनीति रवि लामिछानेको मुद्दा प्रधानन्यायाधीशको इजलासमा राजनीति सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ?

धेरै छावा जन्माउने ‘पूजाकली’ हात्तीकाे मृत्यु

चितवन – लामो समयदेखि बिरामी परेकी ३८ वर्षीकी हात्ती ‘पूजाकली’ को मृत्यु भएको छ ।

हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहामा पालिएको पूजाकलीको मंगलबार बिहान असामयिक मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिनुभयो ।

पूजाकलीको एक वर्षअघिदेखि नियमित उपचार गरिँदै आइएको निकुञ्जका वरिष्ठ चिकित्सक डा. विजय श्रेष्ठले जानकारी दिनुभयो । ‘एक वर्षदेखि धेरै रोगको परीक्षण गरेर उपचार गरियो’, उहाँले भन्नुभयो, ‘लाखौँ खर्च भयो तर रोग पत्ता लागेन ।’ 

पूजाकली पछिल्लो छ महिनादेखि खाना कम खाने र दुब्लाउँदै गएको थियोे । पूजाकलीले झण्डै आधा दर्जन छावालाई जन्म दिएकी थिइन् । चिकित्सक श्रेष्ठका अनुसार केन्द्रमा सबैभन्दा धेरै छावा जन्माउने हात्तीमा पूजाकली पनि थियाे ।

पूजाकली शव परीक्षणको तयारी भइरहेको छ ।

विसं २०३८ मा पूजाकलीलाई कोसीटप्पुबाट चितवन ल्याइएको थियो । चितवन राष्ट्रिय निकुञ्जले संरक्षण गरेका ६३ हात्तीमध्ये अब ६२ हात्ती छन् । ७४ वर्षसम्मको हात्ती चितवन राष्ट्रिय निकुञ्जमा पालिएको छ । हात्तीको औसत आयु ७० देखि ८० वर्षसम्म हुन्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP