Trending
flash विजयनगरमा स्वास्थ्य चौकी सुदृढीकरणका लागि सामग्री सहयोग अन्तर्राष्ट्रिय प्रदर्शनकारीबीच भएका हिंसात्मक झडपमा परी ५ सयभन्दा बढी व्यक्तिको मृत्यु खेल रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कप समाज जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु समाज नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै नेपाली सेना flash कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र २७ पुस, काठमाडौंमा सुरु राजनीति देउवाले भने-पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन राजनीति विशेष महाधिवेशन पक्षको पत्रकार सम्मेलन flash जुवा तास खेलिरहेको अवस्थामा ६ जना जुवाडेलाई प्रहरीले पक्राउ flash डढेलो नियन्त्रण गर्न बन झाडी सफाई

इलाममा पछिल्ला ६ वर्षमा बालिका बलात्कारका घटना सबैभन्दा बढी

इलाम – इलाममा अपराधिक घटनामा सबै भन्दा बढी बालिका बलात्कारका घटना भएको पाइएको छ ।

जिल्लामा ६ वर्षमा सात सय ३९ वटा अपराधिक घटना भएका छन् । जसमध्ये बालिका बलात्कारका घटना मात्रै ९७ वटा रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) इलामले जानकारी दिएको छ ।

सोमबार इन्सेक इलामले ‘मानव अधिकार वर्ष पुस्तक–२०२०’ का लागि गरेको वार्षिक पूर्वसमीक्षा तथा मानव अधिकार अवस्था विषयको अन्तरक्रिया कार्यक्रम मार्फत उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।

इन्सेक इलामकी जिल्ला प्रतिनिधि कोकिला ढकालका अनुसार ६ वर्षभित्र इलाममा आत्महत्याका तीन सय १८, घरेलु हिंसाका दुई सय १६, बलात्कारका एक सय ३५, बहुविवाहका ३८, बालक कुटपिटका १० घटना भएका छन् । यस्तै हत्या र मानव ओसारपसार तथा बेचबिखनका आठ-आठ, बेवास्ता, बालविवाह र जातीय विभेदका दुई÷दुईवटा घटना घटेको उहाँले जानकारी दिनु भयो । 

यस्तै ६ वर्षमा सबै भन्दा बढी सन् २०१७ मा मानव अधिकार उल्लङ्घनका घटना घटेको प्रतिवेदनमा उल्लेख छ । यस वर्ष एक सय ७८, सन् २०१५ मा एक सय ५८, सन् २०१६ मा एक सय ४९, सन् २०१८ मा एक सय २०, सन् २०१४ मा ७९ र सन् २०१९ मा ३३ वटा घटना घटेको प्रतिनिधि ढकालले बताउनु भयो । यस वर्ष भने सबै भन्दा कम घटना भएको पाइएको छ । 

यस्तै प्रतिवेदनको तथ्यांक अनुसार सन् २०१९ मा ३३ वटा मानव अधिकार उल्लंघनका घटना घटेका छन् । जसमा सबैभन्दा बढी बलात्कारका घटना रहेका छन् । यस वर्ष बालिका १३ र महिला आठ गरी बलात्कारका २१ वटा घटना भएका छन् । यसैगरी बहुविवाहका आठ, हत्याका तीन र बालविवाहको  एउटा घटना भएको छ । 

देशको मानव अधिकारको अवस्था झल्कने गरी इन्सेकले बर्सेनि मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ । हिंसा र अपराधसँग जोडिएका घटनालाई पनि पछिल्लो समय मानव अधिकारसँग जोडेर हेर्ने गरिएको मानव अधिकार मञ्चका मोहन थेवेले बताउनु भयो ।

जस्तोसुकै घटना होस् घटनाका दोषीलाई कोही कसैले कुनै पनि हालतमा संरक्षण गरेर राख्न नहुनेमा समीक्षा कार्यक्रमका सहभागीहरुले जोड दिएका थिए । घटनालाई न्यूनीकरण गर्न र मानव अधिकारको रक्षा गर्न सबैले हातेमालो गर्नुपर्ने सहभभागीहरुको भनाई थियो । 

कार्यक्रममा विभिन्न सरोकारवाला, राजनीतिक दलका प्रतिनिधि, संघसस्था तथा सरकारी कार्यलयका प्रतिनिधि र सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP