Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

घट्यो कोरोना बीमा

काडमाडौं, पछिल्लो समय कोरोना बीमाको दाबी भुक्तानी ‘फास्ट ट्र्याक’मा भए पनि कोरोना बीमा गर्नेको संख्या भने ह्वात्तै घटेको छ । शुरुआती समयमा कोरोना बीमाको कारोबार उत्साहजनक थियो । तर, बीचको समयमा यसको दाबी भुक्तानीमा ढिलाइ भएपछि यसको कारोबार पनि प्रभावित भएको थियो । अहिले कोरोना बीमाको दाबी भुक्तानी चुस्तरूपमा भए तापनि बीमा गर्नेहरू भने घटेका छन् ।

पहिले दैनिक हजारौंले कोरोना बीमा गर्ने गरेकोमा हाल ३–४ सय जनाले मात्र बीमा गर्ने गरेको कम्पनीहरू बताउँछन् । एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुनीलवल्लभ पन्तले पछिल्लो समय कोरोना बीमा न्यून मात्रामा हुने गरेको बताए ।

कोरोना महामारी कम हुँदै गएको भन्ने बुझाइले बीमा गर्नेहरू घटेको हुन सक्ने उनको अनुमान छ । ‘वास्तवमा कोरोना कहर कम भएको छैन । तर, नेपालमा मानसिक रूपमा कोरोनाको कहर साम्य जस्तै भएको छ,’ उनले भने, ‘त्यसको असरले पनि बीमा गर्नेको संख्या घटेको हुन सक्छ ।’ बीमा पोलिसी परिवर्तन गर्दा पनि व्यवसाय घटेको हुन सक्ने उनले बताए ।

कोरोना बीमा दाबीतर्फ हालसम्म रू। २ अर्ब ३७ करोड ३६ लाख भुक्तानी भएको छ । बीमा समितिको सोमवारसम्मको तथ्यांकले यस्तो देखाएको हो । संख्याका आधारमा २४ हजार ३८५ जनाले दाबी भुक्तानी पाएको बीमा समितिले जानकारी दिएको छ । साथै, १७९ ओटा दाबी आवेदन भने भुक्तानीका लागि अयोग्य प्रमाणित भएको समितिको तथ्यांकमा उल्लेख छ ।

विशेषगरी अर्थ मन्त्रालयले छिटो दाबी भुक्तानी गर्न निर्देशन दिएपछि काम चुस्तरूपमा अगाडि बढेको कम्पनीको भनाइ छ । कात्तिक १८ गते अर्थमन्त्री विष्णु पौडेलले बीमा कम्पनी र बीमा समितिका प्रतिनिधिलाई बोलाएर यस्तो निर्देशन दिएका थिए । त्यसबेला १७९१ जनालाई मात्र दाबी भुक्तानी भएको थियो । तर, हालसम्म आउँदा २४ हजारभन्दा बढीले दाबी भुक्तानी पाएका छन् । यसलाई सकारात्मक रूपमा लिनुपर्ने बीमा कम्पनीहरू बताउँछन् । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP