Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

मधेशको समस्या बाल विवाह र दाइजो प्रथा ।।

दिपक के.सी. कपिलवस्तु, पौष ८

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ११ का नागरिकले मधेशमा अझै पनि दाइजो प्रथाले कतिपयको घरबार नै विग्रीएको बताएका छन । सानै नै हुने बाल विवाहले महिलाहरुको स्वास्थ्य तथा सामाजिक विकासमा समेत हानी पुगेको स्थानिय महिलाहरुले जनाएका छन । स्थानिय मैटवाकी रीना चौधरीले बाल विवाहले महिलाको शारिरिक र मानसिक रुपमा नै विक्षिप्त पार्ने हुदाँ बाल विवाह रोक्नु पर्ने जनाए । समाज हुने हिसाँ कहि न कहि बाल विवाह र दाइजो संगै जोडिएको हुने उनले बताइन । दिगो तथा मर्यादित सामाजिक आर्थिक शशक्तिकरण (सिड्स) कार्यक्रम अन्तर्गत दाइजो प्रथा, बाल विवाह, छुवाछुतको सवालमा आमसंचार कार्यक्रममा सहभागिहरुले दाइजो प्रथाले मधेशलाई च्यापेको बताएका छन । केटा पक्षले मागे जति दाइजो दिन सक्दाँ छोरीको विवाह गर्न समेत अप्ठ्यारो हुने गरेको स्थानिय कपुर कुर्मिले बताए । स्थानिय स्तरमा संचालित किशोरी संवाद केन्द्रकी एनिमेटर सुनिता मिश्रले बाल विवाह केहि हद सम्म नियन्त्रण भएको भए पनि दाइजो माग्ने र दिने प्रथा भने अझै जरो गाडेर रहेको बताइन । दाइजो ,बालविवाह जस्ता प्रथालाई समाजबाटै निर्मूल पार्न आफ्ना बालबालिकालाई विद्यालयमा पढ्न पठाउनु पर्ने प्रतिभा किशोर किशोरी संवाद केन्द्र अध्यक्ष रिनु यादवले बताइन । अभिभावकले छोरा र छोरीमा भेदभाव नराखी दुवैलाई बराबर शिक्षादिक्षा दिनु पर्ने यादवले बताइन । छोरीलाई दाइजो होइन , शिक्षा दिएर स्वाभिमानी बनाउनु पर्नेमा उनले जोड दिइन । कार्यक्रममा वडाका अध्यक्ष रामेश्वर बर्माले कानुनत अपराध मानिएको बाल विवाह र दाइजो प्रथा हटाउन समाजका सबैले सहकार्य गर्दै आफ्नो चेतनाको विकास गर्नु पर्ने र छोरा छोरीको पढाइलेखाइमा नै जो दिनु पर्ने उनले बताए । कहि कतै कसैले जातिय विभेद, बाल विवाह र दाइजो मागेको भए त्यस्तो रोक्न सबै लाग्नु र कानुनले पनि सहयोग गर्ने अध्यक्ष बर्माले बताए । सामाजिक संघसंस्थाहरुले पनि कुप्रथाहरु अन्त्य गर्नका लागी जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको र यस्ता जनचेतनामूलक कार्यक्रममा स्थानियहरु पनि सहभागि हुनु पर्ने किर्डाक नेपालका कार्यक्रम संयोजक श्रीबहादुर भण्डारीले बताए । कार्यक्रम वडा अध्यक्ष रामेश्व बर्माको अध्यक्षता र स्थानियहरुको सहभागितामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP