Trending
flash शिवगढी सामुदायिक बन उपभोक्ता समुुहको १३औँ साधारण सभा सम्पन्न राजनीति पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अन्तर्राष्ट्रिय बीबीसीले गल्ती स्वीकार गर्दै माफी मागे पनि ट्रम्पले कानुनी कारबाही राजनीति मधेसमा भारतले आन्दोलन भड्काउने काम गर्‍यो : मुख्यमन्त्री यादव राजनीति प्रदेश सरकारले गाँजा खेतीसम्बन्धी नौ प्रकारका इजाजत दिनेगरी विधेयकको तयार राजनीति माओवादीबाट जनार्दन शर्मा, समाजवादीबाट घनश्याम भुसाल लगायतका नेताहरू आफ्नै अभियानमा flash खेलमा अर्जेन्टिनालाई जित दिलाउन लौटारो मार्टिनेज र मेसीले गोल राजनीति दक्षिण कोरियाबाट सञ्चारमन्त्रीले भने, निर्वाचनको वातावरण बनिसकेको छ राजनीति नेपालका लागि चीनका राजदूत छन सङले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न flash विजयनगर गाउँपालिकाकाे नयाँ प्रशासकीय भवनको शिलान्यास

कपिलवस्तुको चन्द्रौटामा नेपाल रिक्सा युनियन शिवराज नगर समीति गठन ।।

नवराज पौडेल पुस ०८ कपिलवस्तु

कपिलवस्तुको चन्द्रौटामा नेपाल रिक्सा युनियन शिवराज नगर समीति गठन ।। कपिलवस्तुको चन्द्रौटामा पैदल रिक्सा चालकहरुको भेला आज सम्पन्न भएको छ । अखिल नेपाल टे«ड युनियन महासघं (अन्टुक) जिल्ला समिती कपिलवस्तुको आयोजनामा भेला चन्द्रौटामा सम्पन्न भएकोे हो । भेलाले सफिक अलि दर्जिको अध्यक्षतामा ७ सदस्यीय अखिल नेपाल रिक्सा युनियन शिवराज नगर समीति गठन गरेको जसको उपाध्यक्षमा रोजन मियां, सचिव रामचन्द्र गुप्ता ,कोषाध्यक्ष मुन्हर रहिदास, यसैगरि सदस्यहरु क्रमश कादिर हुसेन ,मोटेलु रहिदास, लगाएत चयन भएका छन् । भेलालाई सम्बोधन गदै अन्टुकका केन्द्रिय सदस्य केयर सिंह अदैले पैदल रिक्सा चालकहरुको पेशा नै धरापमा पर्दै गएको बताउदैं सिमेन्ट,छड, समेत ई रिक्साले बोक्न थाले पछि पैदल रिक्सा मारमा परेको बताउनु भएको छ । पैदल रिक्सा चालकहरुको अवस्था दयनिय भएकाले उनिहरुको हक हितका लागी रिक्सा सघं गठन गर्नु परेको बताउनु भयो । भेलामा चालकहरुले दिनमा बढीमा २०० रुपिया कमाई हुने गरेको यसले गर्दा आफुहरु संग ई रिक्सा किन्ने पैसा पनि नभए पछि विहान बेलुका को छाक टार्न समेत समस्या हुने गरेको गुनासो गरेका थिए । भेलाले सल्हाकार पछि थप्ने र यही पौष २९ गते बैठक बस्ने, प्रत्येक महिनाको ८ गते युनियनले विविध विषयमा छलफल गर्ने निर्णय गरेको छ । यसैगरि आगामी बैठकले निति नियम तर्जुमा गरि सदस्यहरुलाइ प्रशिक्षण को व्यावस्था गर्ने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP