Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

वाणगंगा नगरपालिका वडा नं ११ मा फुड फेस्टिबल महोत्सव सम्पन्न ।।

कपिलवस्तु पुस ८ बसन्ता भुसाल

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ११ ओदारीमा अवस्थित लिटिल स्टार सेकेन्डरी इङ्गलिस बोर्डिङ्ग स्कुलमा मंगलबार फुड फेस्टिबल महोत्सव सम्पन्न गरिएको छ । इन्टरनेशनल स्कूल अवार्ड (आइ.एस.ए) परियोजना प्रदेश नं ५ अन्र्तगत स्थानिय थारु खानाका परिकारहरु र अन्य स्थानिय खानाका परिकारहरु बनाई शिक्षकको क्रियाकलाप अन्र्तगत स्थानिय खाना महोत्सव सञ्चालन भएको हो । महोत्सवमा प्रदेश पाँचका सांसद विष्णु पन्थीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सांसद पन्थीले विद्यालयले आई.एस.ए अर्थात इन्टरनेशनल स्कूल अवार्ड प्राप्त गर्न सफल होस भन्दै शुभकामना दिनुभयो । त्यस्तै नगरपलिका भित्र सबैकुराले सम्पन्न विद्यालयहरु हुँदा हुँदै पनि यहाँका विद्यार्थीहरु शिक्षा प्राप्त गर्न बाहिर जानु बिडम्बना भएको भन्दै वाणगंगा नगरपालिका शिक्षाका क्षेत्रमा कुनैपनि तवरबाट कमजोर नरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले नगरपालिका र प्रदेश सरकार दुवै मिलेर लागेमा शिक्षामा अझ धेरै गुणस्तर आउने प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ । त्यस्तै नगरपालिका शिक्षा शाखा प्रमुख बावुराम भट्टराई, नगर प्रमुख मंगलप्रसाद थारु, उप प्रमूख चक्रपाणी अर्याल र शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख थानेश्वर घिमिरेको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न परिकारका खानाको प्रर्दशनी गरिएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरु,जनप्रतिनिधी,समाजसेवी बुद्धिजीबीहरु लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP