Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

छुट्टा-छु्ट्टै दुर्घटनामा २१ जना घाइते

दाङ  – बुधबार दाङका भएका दुई दुर्घटनामा २१ जना घाइते भएका छन् । घोराहीबाट लमही जाँदै गरेको बसको ब्रेक फेल हुँदा मुसोट खोलाको ओरालोमा बस दुर्घटना भएको हो ।

रा १ ख १४८९ नम्वरको बस बुधबार दिउँसो  घोराही-लमही सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका-३ मसोट खोलाको ओरालोमा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका सूचना अधिकारी उत्तमकुमार जिसीले जानकारी दिएका छन् ।

उनका अनुसार दुर्घटनामा १९ जना यात्रुहरु घाइते छन् ।  घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बसमा ३२ जना यात्रुहरु रहेको भए पनि अरुको अवस्था सामन्य रहेको सूचना अधिकारी जिसीले बताए ।

त्यसैगरी बुधबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत देउखुरीमा कार दुर्घटना भएको छ । विपरीत दिशाबाट आउँदै गरेका दुई वटा कार देउखुरीको राप्ती गाउँपालिका वडा नं. ५ दोलाई खोलाको पुस नजिकै एकापसमा ठोक्किदा दुर्घटना भएको हो ।

 बा १८ च १६२६ नम्बरको कार र  यूपी २ ९२९१ नम्बरको भारतीय नम्बर प्लेटको कार एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा सामन्य घाइते भए पनि मानवीय क्षेती नभएको सूचना अधिकारी जिसीले बताएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP