Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

राजपालाई झटका नेम्वाङ सभामुख बन्ने पक्का

काठमाडौं पुस ९ गते । प्रतिनिधिसभाका लागि सभामुख सुवाष नेम्वाङ हुने लगभग पक्का भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत भएपछि नम्वाङ सभामुख बन्ने पक्का भएको छ ।

पुस ११ गतेदेखि सभामुख र उपसभामुख चयन गर्ने प्रकृया हुँदैछ । त्यसअघि नेकपाका दुईजना अध्यक्षले नेम्वाङलाई सभामुख बनाउने सहमति गरेको बालुवाटार स्रोतले जनाएको छ । उपसभामुख रहनु भएको शिवमाया तुम्बाहाम्फेले पनि राजिनामा दिने मुड बनाई सक्नुभएको छ । यद्यपी यो कुरा सार्वजनिक भएको छैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले तुम्बाहाम्फे सभामुख बन्नुपर्ने दवाव अध्यक्षद्वयलाई दिइरहनु भएको थियो तर अध्यक्षद्वय ओली र प्रचण्डले सभामुखको नेम्वाङको लागि सहमति भइसकेको भनेपछि अहिले राष्ट्रपति भण्डारी पनि शान्त हुनुभएको छ । शिवमाया तुम्बाहाम्फेलाई उपसभामुखबाट राजिनामा दिन लगाएपछि कानुन मन्त्री बनाउने सम्भावना बढेको बालुवाटार स्रोतले जनाएको छ ।

कृष्ण बहादुर महराले संसदीय सचिवालयका महिला कर्माचरीलाई दुरव्यवहार गरेको कारण थुनामा गएपछि सभामुख पद खाली भएको थियो । सभामुख र उपसभामुख फरकफरक पार्टीलाई दिने कानुनमा उल्लेख भएको कारण नेकपाले सभामुख आफैसँग राखेपछि उपसभामुख अरु पार्टीलाई दिनुपर्ने भएकाले तुम्बाहाम्फेलाई राजिनामा दिनु परेको छ ।

यता, सभामुखका लागि तत्कालिन माओवादी केन्द्र पक्षले दावी गर्दै आएको छ । महरा तत्कालिन माओवादीको तर्फबाट सभामुख भएको हुनाले अहिले पनि सोही पक्षबाट हुनुपर्ने दावी गर्दै आएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP