Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

युवतीलाई ‘बलि’ दिने योजनामा रहेका सात जना पक्राउ

काठमाण्डौ – महानगरीय प्रहरी परिसर काठमाण्डौले मोडलिङ गर्ने भन्दै एक युवतीलाई विराटनगर पुर्याएर बोर्डर पास गराई तान्त्रिक पूजा गरी ‘बलि’ दिने योजनामा संलग्न सात जनालाई पक्राउ गरेको छ । 

प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका सात जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नवलपरासीका २६ वर्षीय कृष्ण तामाङ, सप्तरीका ४० वर्षीय उमेश साह, दाङकी  २४ वर्षीया दिलकुमारी बुढामागर, सप्तरीका ३५ वर्षीय उमेश माझी, विराटनगरका ५१ वर्षीय दिलिप पोदार, धादिङ्गका २३ वर्षीया प्रेमा तामाङ र सुनसरीका ३७ वर्षीय रंजित कुमार चौधरी छन् । 

अनुसन्धानका क्रममा युवतीलाई मोडलिङका लागि छानिएको र नेपाल भारत सीमामा डकुमेन्ट्र«ीको छायांकन गर्नुपर्ने भन्दै त्यसबापत राम्रो रकम दिने प्रलोभन देखाएको खुल्न आएको प्रहरीले जनाएको छ ।

६ फिट उचाई भएकी युवतीलाई विराटनगर हुँदै तान्त्रिक पूजाको लागि सीमा पार गराउने योजना अनुसार मोडलिङका लागि प्रस्ताव गरेको र युवतीले प्रस्ताव स्वीकार गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ । उनीहरुको गतिबिधिप्रति शंका लागेपछि पीडित युवतीले महानगरीय प्रहरी परिसर काठमाण्डौमा पुस ४ गते जानकारी गराएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीले मुख्य योजनाकार दिलिप पोदारलाई भारत बिहार मन्दिरका बाबा लगायत अन्य व्यक्तिले पैसा दिई सम्पर्क गरेको देखिएको, प्रेम, माया र कृष्णले ५ लाख रुपैयाँ पाउने आश्वासन पाएको अनुसन्धानमा खुलेको जनाएको छ । उनीहरुको साथबाट प्रहरीले १ लाख ९ हजार ५ सय रुपैयाँ, सामसुङ मोबाइल ७ थान, विभिन्न बैंकका ९ लाख १ हजार बराबरको चेक, कृष्ण तामाङ्बाट ७ थान एटीएम कार्ड तथा तान्त्रिक पूजाका समानहरु बरामद गरेको छ । उनीहरुलाई विराटनगरबाट पक्राउ गरी काठमाण्डौ ल्याईएको हो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP