Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

नेता कुट्ने सांसद शाहलाई अझै कारबाही भएन

गत पुस ५ गते साँझ घरमै बोलाएर कुटपिट गरेका प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहमाथि अझै कारबाही हुन सकेको छैन् । कृष्णनगरस्थित आफ्नै घरमा बोलाएर सांसद शाहले राप्रपा संयुक्तका केन्द्रिय सदस्य श्याम मिश्रालाई कुटपिट गरेका थिए । नेता मिश्राले आफुलाई हत्या गर्ने उद्देश्यले घरमै बोलाएर कुटपिट गर्ने सांसद शाहमाथि कानुनी कारबाहीको माग गर्दै आएपनि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु यस विषयमा मौन जस्तै बनेको छ । नेता मिश्राले दिएको जाहेरी प्रहरीले अस्विकार गर्दै आएको छ ।
घटना घटेको ५ दिन वितिसक्दा पनि कुनै न्याय नपाएपछि नेता मिश्राका समर्थकले बुधबार झण्डै चार घण्टा चन्द्रौटा–कृष्णनगर सडकखण्ड बन्द गराएका छन । पटक पटक प्रहरीलाई जाहेरी दर्ता गर्न भने पनि नमाने पछि सडक नै बन्द गरेर न्याय माग्न परेको मिश्राका समर्थकको गुनासो रहेको छ ।
नेता मिश्राले सांसद शाहले आफ्नो हत्याको योजना बनाएको समेत खुलासा गरिसकेका छन । मायादेवी टिभीसंग कुराकानीको क्रममा मिश्राले सांसद शाहले कोठामा लगेर बन्दुक देखाउँदै कुटपिट गरेको बताएका थिए । आफुले प्रहरीलाई प्रष्ट प्रमाण दिदा पनि कुनै सुनुवाई नभएको मिश्राको गुनासो छ ।
यता इलाका प्रहरी कार्यालय कृष्णनगरले यो घटना जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले हरेको भन्दै उम्कने गरेको छ । प्रतिनिधिसभा सदस्यसंग जोडिएको घटना भएकोले यो मुद्धा जिल्ला प्रहरी कार्यालयले नै हेरेको इलाका प्रहरीले बताउँदै आएको छ ।
कपिलवस्तुका प्रहरी उपरिक्षक दीपशम्सेर जवराले मिश्रा पक्षको जाहेरी प्रहरीले नबुझेको प्रष्ट पार्नुभयो । सामान्य कुटपिटको मुद्धालाई शरीर बन्दगी, ज्यान मार्ने उद्योग र अपहरण मुद्धा सम्बन्धि जाहेरी लिएर आएकाले प्रहरीले नबुझेको मायादेवीलाई बताउनुभयो । यो विषय सामान्य कुटपिटको भएकोले त्यसैनुसारको जाहेरी आए आफुहरुले लिने उहाँले बताउनुभयो । शाह प्रतिनिधिसभा सदस्य भएको र अहिले संसद चलिरहेकोले तत्काल नियन्त्रणमा लिन नसकिने पनि उहाँले प्रष्ट पार्नुभएको छ । यस विषयमा छलफल चलिरहेकोले छिट्टै निकास निस्कने उहाँको भनाई छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP