Trending
flash विजयनगरमा स्वास्थ्य चौकी सुदृढीकरणका लागि सामग्री सहयोग अन्तर्राष्ट्रिय प्रदर्शनकारीबीच भएका हिंसात्मक झडपमा परी ५ सयभन्दा बढी व्यक्तिको मृत्यु खेल रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कप समाज जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु समाज नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै नेपाली सेना flash कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र २७ पुस, काठमाडौंमा सुरु राजनीति देउवाले भने-पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन राजनीति विशेष महाधिवेशन पक्षको पत्रकार सम्मेलन flash जुवा तास खेलिरहेको अवस्थामा ६ जना जुवाडेलाई प्रहरीले पक्राउ flash डढेलो नियन्त्रण गर्न बन झाडी सफाई

चन्द्रौटा महोत्सवमा नेपाल टेलिकमकाे १ हजार सिम निशुल्क

नवराज पौडेल ,

कपिलवस्तु पौष ११ , नेपाल टेलिकम दुर संचार कार्यालय चन्द्रौटाले छैठौं चन्द्रौटा महोत्सवमा १००० फोर जी फ्रि सिम वितरण गर्ने भएको छ । यही पौष १४ गते देखि शुरु हुन लागी रहेको छैठौं चन्द्रौटा औद्योगिक व्यापार मेला तथा कृषि पर्यटन महोत्सव २०७६ मा महोत्सव अवलोकन गर्न आउने दर्शकहरुलाई फ्रि फोर जी सिम वितरण गरिने भएको दु.सं.का चन्द्रौटा कार्यालय प्रमुख सन्तोष कुमार गुप्ताले जानकारी दिनु भएको छ ।

 महोत्सव अवलोकन गर्न आउने दर्शक एवं नेपाल टेलिकमका गा्रहकहरु को सेवा सुविधाको मध्यनजर गर्दै अस्थाई मोबाईल टावरको समेत व्यवस्था गरिने भएको छ । १४ गते देखि २६ गते सम्म १० दिन नै सिम वितरण गरिने भएकाले सिम प्राप्त गर्न चाहानु हुने ग्राहकले आफ्नो पासर्पोट साईजको एउटा फोटो र नागरिकता प्रतिलिपि एक थान लिइएर आउन पर्ने छ । विद्यार्थीहरुको लागी आफु अध्यनरत विद्यायको परिचय पत्रको प्रतिलिपी १ थान, फोटो, आफ्नो १ थान नागरिकता को प्रतिलिपि, वा आफ्नो नागरिकता नभएमा आफ्ना अभिभावकको नागरिकताको प्रतिलिपी १ थान लिइएर आउन समेत नेपाल टेलिकम चन्द्रौटाले ग्राहक महानु भावलाई अनुरोध गरेको छ ।

नेपालमा पहिलोपटक फोरजी सेवा संचालमा ल्याएको नेपाल टेलिकमले सेवा विस्तारलाई तिव्रता दिएको छ । पहिलो पटक फोरजी संचालनमा ल्याएर पनि सेवा विस्तार गर्न नसकेको आरोप लागेको नेपाल टेलिकमले पछिल्लो समय फोरजी विस्तारलाई तिव्रता दिएको हो । गत बर्षको माघमा २ कम्पनीसँग देशभर फोरजी विस्तारका लागि सम्झौता गरेको टेलिकमले हाल सेवा विस्तारलाई एग्रेशिभ बनाउँदै ६२ जिल्लाका १ हजार ५४ स्थानमा फोरजी सेवा पुर्याएको छ । गत बर्षको माघ अघि ६ लाख फोरजीका ग्राहकसहित काठमाडौं र पोखरामा मात्रै सिमित भएको टेलिकमको फोरजी विस्तार हुँदा हाल यसका प्रयोगकर्ता २८ लाख पुगेका छन ।

पछिल्लो समय टेलिकमले चलाएको विभिन्न अभियानले पनि फोरजी प्रयोगकर्ता बढेका छन । कम्पनीले आफ्ना फोरजी ग्राहकको संख्या बढाउन नयाँ सिम लिनेलाई फोरजी सब्सक्राईब गरिदिने, नयाँ तर फोरजी सेवा सब्स्क्राईब नभएको सिममा फोरजी सब्स्क्राईब गर्ने र पुराना सिमलाई नयाँ सिममार्फत निशुल्क प्रतिश्थापन गर्ने अभियान चलाएको छ । टेलिकमका ग्राहकले पुरानो सिममा फोरजी चलाउन चाहेमा निःशुल्क नयाँ सिम दिने अभियान समेत टेलिकमले थालेको छ । कपिलवस्तुको तौलिहवा,चार नम्वर,कृष्ननगर लगाएतका ठांउमा फोरजी सेवा विस्तार भइ सकेको र चन्द्रौटामा पनि सेवा विस्तारको काम तिव्र रुपमा भइरहेको बताइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP