Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

गुणस्तरिय शिक्षाका लागि जिल्ला बाहिर जानु पर्दैनः सासंद पन्थी

पुुष ११ कपिलवस्तु

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्रब ८ उदयपुर, मोर्मी स्थित जनसेवा आधारभूत विद्यालयको ३८ औँ वार्षिक अभिभावक भेला तथाल सम्मान कार्यक्रम सहिति विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले ४८ वर्ष पार गरेको सुभ अवसरमा ५ नम्बर प्रदेश सभा सदस्य विष्णु पन्थीले शिक्षाको विकास नै पहिलो लक्ष्य बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका माध्यमिक तहको शिक्षा हासिल गर्नेका लागि उद्गम स्थल बनी सकेको भन्दै माध्यमिक शिक्षा प्राप्तिका लागि कुनै पनि विद्यार्थी जिल्ला बाहिर जानुपर्ने स्थितिको अब अन्त्य भएको बताउनु भयो । त्यस्तै उहाँले कपिलवस्तुको वाणगंगा नगरपालिका भित्रको वडा नम्बर ८ को विकट क्षेत्र रहेर पनि मोर्मी र उदयपुर क्षेत्रमा विद्यालयले ३८ वर्ष पुरा गरको सन्दर्भले अब शिक्षाको गुणस्तरियता सँगै भौतिक संरचना निर्माणमा ध्यान दिनुपर्ने समय आएको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा वाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमूख बाबुराम भट्टराईले विद्यार्थी संख्या बृद्धि र शैक्षिक गुणस्तरियता बृद्धिका लागि शिक्षक विद्यार्थी सँगै अभिभावक र विद्यालय व्यवस्थापन समिति नगरपालिका सँग पनि सहकार्य गरी लागेमा शिक्षाको विकासका लागी कुनै कन्जुस्याई नगरिने बताउनुभयो । त्यस्तै उहाँले शिक्षाको क्षेत्रमा अझै धेरै काम गर्न बाकी रहेकाले विस्तारै सबैले सामुदायिक विद्यालयबाटै गुणस्तरिय शिक्षा हासिल गर्ने वातावरणको सिर्जना हुने बताउनुभयो ।

कार्यक्रममा वाणगंगा नगरपालिका शिक्षा शाखा अधिकृत खिमबहादुर जिसी, वडा नम्बर ८ का वडा अध्यक्ष गुणानिधि भुसाल, स्रोत व्यक्ति कविराज भण्डारी, वाणगंगा मावि लौगाईका प्रधानाध्यापक कुलराज पौडेलको विशिष्ठ आतिथ्यता रहेको थियो ।

यसैबिच सोहि कार्यक्रम मार्फत आगामी तीन वर्षका लागि पार्वती थापाको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन भएको छ भने दुर्गा रेग्मीको अध्यक्षतामा विद्यालय शिक्षक अभिभावक संघ पनि गठन भएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ज्ञानप्रसाद पाण्डेले विद्यालयको समग्र अवस्था सहितको प्रतिवेदन प्रस्तुत गर्नूभएको थियो । त्यस्तै सोहि कार्यक्रममा विद्यालयको स्थापना देखि हल सम्म योगदान दिनुभएको ६ जना संस्थापक तथा पूर्व शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न किसिमका सांंस्कृतिक नृत्यको प्रस्तुति दिएका थिए भने करिब २ सय अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन शिक्षक राजेन्द्र खनालले गर्नुभएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP