Trending
राजनीति स्थानीयको ज्ञापनपत्र बुझ्दै ऊर्जामन्त्रीले भने- मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ अन्तर्राष्ट्रिय पाकिस्तानसँगको तनावपछि बन्द भारतका ३ राजनीति भारत-पाकिस्तानलाई हामीले संयम अपनाउन भन्यौँ, युद्ध रोकियो : ओली अपराध कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा स्वास्थ्य आवासीय चिकित्सकसँगको सहमति कार्यान्वयन गर्न कार्यदल गठन शिक्षा धमाधम ‘निजी स्कुल’मा वाणिज्य विभागको अनगुमन, कागजात लिएर शुल्कबारे अनुसन्धान गर्दै समाज साकेला उभौली चाड : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै समाज रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने समाज बनेपामा ऐतिहासिक चण्डेश्वरी जात्रा समाज पहलगाममा मारिएका सुदीपको परिवार भेट्न बुटवल पुगे राजदूत श्रीवास्तव

गाेलीकाण्ड र आक्रमणका हिसाबले अमेरिकी इतिहासकै खराब वर्ष

काठमाण्डौ – सन् २०१९ गोलीकाण्ड र आक्रमणका हिसाबले अमेरिकी इतिहासकै खराब वर्ष बनेको छ । 

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी), यूइसए टुडे तथा नर्थइस्टर्न विश्वविद्यायलयले सङ्कलन गरेको तथ्याङ्कले सन् २०१९ गोलीकाण्ड तथा आक्रमणका हिसाबले अमेरिकाका लागि अहिलेसम्मकै खराब वर्ष बनेको निष्कर्ष निकालेको हो । 

सन् २०१९ मा अमेरिकाको सार्वजनिक ठाउँमा ४१ वटा गोलीकाण्डका घटना हुँदा दुई सय ११ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै क्यालिफोर्निया राज्यमा मानिस मारिएका छन् । 

सन् २००६ देखि सार्वजनिक ठाउँमा भएका अन्धाधुन्ध गोलीकाण्डको तथ्याङ्क राख्न थालिएको हो । तर पछिल्लो पटक गरिएको अनुसन्धानमा सन् १९७० यताका आमगोली काण्डका घटनाको अध्ययन गरिएको बीबीसीले जनाएको छ । 

सन् २०१९ मा अमेरिकामा अरु वर्षको तुलनामा सबैभन्दा धेरै गोलीकाण्ड भए पनि ज्यान गुमाउने सन्दर्भमा सन् २०१७ अगाडि रहेको छ । सन् २०१९ मा दुई सय ११ जनाले ज्यान गुमाउँदा सन् २०१७ मा दुई सय २४ जनाले ज्यान गुमाएका थिए । 

सन् २०१७ को लास भेगासमा भएको गोलीकाण्डमा सबैभन्दा धेरै ५९ जनाले ज्यान गुमाएका थिए । यौ नै एउटै गोलीकाण्डमा धेरैले ज्यान गुमाएको घटना हो ।

सन् २०१९ को सबैभन्दा भयानक गोलीकाण्डको कुरा गर्ने हो मे महिनामा भने भर्जिनिया बिचमा भएको गोलीकाण्डमा १२ जनाको ज्यान गएको थियो भने अगस्ट महिनामा ईआई पासोमा भएको गोलीकाण्डमा २२ जनाको ज्यान गएको थियो । 

अन्य धेरै गोलीकाण्ड पनि भएका थिए तर ती समाचारमा आउन सकेनन् किनकि त्यसमा पारिवारिक कारण, लागु पदार्थ दुव्र्यसनी, सामूहिक हिंसा लगायतका कारण देखाइएको थियो ।   

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP