Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

प्याज खान छाडे !

बाँके – अहिले बजारमा प्याजको मूल्य आकासिएकाे छ । अप्रत्यासितरूपमा प्याजको मूल्य बढेसँगै सर्वसाधारण उपभोक्ताले अहिले प्याज खान छाडेका छन् । भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै दशैँको समयपछि नेपाली बजारमा प्याजको मूल्य दिनप्रतिदिन बढ्दै गएको हो । भारतबाट सहजै निर्यात हुने प्याजको निर्यातमा अहिले प्रतिबन्ध छ ।

नेपाली बजारमा खपत हुने प्याज अधिकांश भारतबाट आउने गरेको छ । नेपालमा प्याजको अभाव र भारतबाट आउने प्याजमा प्रतिबन्ध लागेपछि अहिले नेपाली बजारमा प्याजको मूल्य सधैँको भन्दा बढी छ । अहिले नेपालगञ्जको रानीतलाउ तरकारी बजारमा प्याजको भाउ खुद्रा प्रतिकिलो दुई सय रुपैयाँमा काराेबार भइरहेको छ । 

तीन महिनाअघि प्रतिकिलो ४० देखि ५० रुपैयाँमा कारोबार भएको प्याज तीन महिनाको अवधिमा किलोमा एक सय ५०  रुपैयाँ बढेकाे छ । तरकारी बजारभन्दा बाहिरका खुद्रा पसलमा प्रतिकिलाे दुई सय ५० रुपैयाँसम्म कारोबार भइरहेको उपभोक्ता बताउँछन् ।   

नेपालगञ्ज उपमहानगरपालिका १० का शुद्धप्रसाद चौधरीले प्याजको मूल्य अप्रत्यासित रुपले बढेपछि अहिले प्याज नै खान छाडेको बताउनुभयो । केही दिनअघि आधा किलो प्याजको एक सय ७० रुपैयाँ तिरेको बताउँदै प्याजको मूल्य बढेको देखेर अचम्मित भएको चौधरीले बताउनुभयो । पछिल्लो समय अरू तरकारीको मूल्यमा भने धेरै घटबढ भएको छैन ।   

तर प्याजमा भने एक महिनाको अवधिमा प्रतिकेजी दुई सय रुपैयाँसम्म पुगेको छ । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धको सोझो असर नेपाली बजारमा परेको नेपालगञ्जको रानीतलाउ तरकारी बजारका व्यापारी अरिसली राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले मात्रै होइन २/३ महिनाअघिदेखि नै प्याजको मूल्य बढ्दै आएको हो ।’ 

प्याजको मूल्य वृद्धि भएसँगै अहिले पहिलेको तुलनामा प्याजको व्यापार घटेको व्यापारी बताउँछन् । भारतबाट आउने प्याजमा प्रतिबन्ध लगाइएको भए पनि चोरी बाटो भएर प्याज भित्रने गरेको व्यापारीको भनाइ छ । मूल्य आकाशिएपछि उपभोक्ताहरुले प्याज खान छाडेसँगै तरकारीमा अत्याधिक खपत हुने प्याजको खपतमा ह्रास आएको छ ।

नेपाली बजारमा अहिलेको प्याजको मूल्य चार वर्षयताको सबैभन्दा महँगाे मूल्य हो । नेपालगञ्ज उपमहानगरपालिका ११ का मकसुद राई प्याजको मूल्य मासुभन्दा महँगाे भएको बताउनुहुन्छ । ‘मासु प्रतिकेजी ८ सय रुपैयाँ छ तर प्याज एक नम्बर (पाँच किलो) को ९ सय रुपैयाँ पुग्यो, अब त खानै छाड्नुपर्ला जस्तो छ’, उहाँले भन्नुभयो । 

एक महिनाअघि प्रति पाँच केजी ४ सय ५० रुपैयाँमा खरिद गरेको बताउँदै एक महिनामा दोब्बरले वृद्धि भएको राईको भनाइ छ । नेपालगञ्ज उपमहानगरपालिका १० की गृहिणी सुलोचना अधिकारीले प्याजको मूल्य किलोको २ सय रुपैयाँ पुगेको कहिल्यै थाहा नपाएको बताउँदै यसरी मूल्य बढ्नुले उपभोक्ता मारमा परेको बताउनुभयो । 

प्याजको मूल्यमा वृद्धिसँगै अहिले केही पसलमा प्याज नै पाउन छाडेको छ । भान्सामा दाल, तरकारी, अचार, मासलगायत सबै चिजमा मसलाको रुपमा प्रयोग हुने प्याजको मूल्य बढेपछि त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन् । यस क्षेत्रको ठूलो हिस्सा माग धान्दै आएको भारतीय प्याज नेपाल प्रवेशमा रोक लगाइएपछि प्याजको अभाव देखिएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP