Trending
flash सन्तरामको आँगनमा फक्रिएको शिक्षा flash मनसुनसहित तीन वायु थप सक्रिय, आज यी ६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना  flash रक्त बेचविखनको विरोधमा स्वयंसेवी आवाज flash भारतको अहमदाबादमा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो अन्तर्राष्ट्रिय कंगोमा डुङ्गा डुब्दा कम्तीमा ५४ जनाको मृत्यु राजनीति प्रचण्डले भने : जनार्दनलाई पार्टी छोड्न भनेको छैन राजनीति शिक्षा मन्त्रालयको प्रस्ताव : एसईई नहटाऔं, तर प्रदेशबाट सञ्चालन गराैं राजनीति कानून नबन्दा १७ हजार विद्यालय बन्द हुने अवस्थामा : चन्द्र भण्डारी शिक्षा कामपाको ‘विवाद’ सुल्झिदै : कहिले, कस्तो आउला नीति तथा कार्यक्रम र बजेट ? राजनीति पत्रकारविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गर्नु दुःखद : सांसद रिजाल

चन्द्रौटामा रिटर्नी माइग्रेंटको जिल्ला सम्मेलन रिटर्नीको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन

कपिलवस्तु
बैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको साझा संस्था रिटर्नी माइग्रेंट नेपाल कपिलवस्तुको प्रथम जिल्ला अधिवेशन कपिलवस्तुको चन्द्रौटामा सम्पन्न भएको छ । अधिवेशनले प्रेम सुनार अध्यक्ष रहेको १७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।
जसको उपाध्यक्षमा राम प्रसाद अधिकारी, सचिव रमेश कुमार पान्डे, सह सचिव हरि बहादुर महत क्षेत्री, कोषाध्यक्षमा शंकर केसी सर्वसम्मत चयन भएका छन् । यसैगरी रिटर्नी माइग्रेंट नेपालको जिल्ला कार्यसमिति सदस्यहरुमा सूर्य बहादुर क्षेत्री, दुर्गा प्रसाद बेलबासे, गोबिन्द प्रसाद पन्थी, बिबेक क्षेत्री, दिपेन्द्र कुमार सुनार, मनिराम सुनार, टुप बहादुर सुनार र मोहन पाण्डेय चयन भएको बताइएको छ ।
प्रथम अधिवेशनमा बोल्दै प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले विदेशबाट फर्केका युवाहरु नेपालमा लागनी गर्न प्रचुर सम्भावना रहेको बताए । उनले नेपालको जुनसुकै क्षेत्रमा लगानी गरेपनि लगानी सुरक्षित हुने बताए । विदेशमा बगाएको पसिनालाई नेपालमा सिंचित गरे राम्रो प्रतिफल प्राप्त गर्न सकिने उनले दाबी गरे ।
कार्यक्रममा शिवराज नगरपालिका नगरप्रमुख नेत्रराज अधिकारीले विदेशबाट फर्किएका युवाहरुलाई व्यवस्थापन गर्नका लागि विशेष योजना ल्याउने उद्घोष गरे । नगरप्रमुख अधिकारीले नगरपालिकाबाट विभिन्न शीर्षकमा अनुदान छुट्टाएकोले माग गरी अगाडि बढन आग्रह समेत गरे ।
रिटर्नी माइग्रेंट नेपालका केन्द्रिय अध्यक्ष उत्तम अधिकारीले राज्यले विदेशबाट फर्किएका जनशक्तिलाई नेपाल सरकारले राम्रो व्यबहार नगरेको गुनासो गरे । अध्यक्ष अधिकारीले रिटर्नी माइग्रेंट नेपालले हाइड्रोपावर निर्माण, कृषि लगानी, होटल तथा पर्यटन क्षेत्रमा लगानी गर्नका लागि योजनाका साथ आगाडि बढेको जानकारी दिए ।
प्रथम जिल्ला भेलामा कपिलवस्तुका अधिकांश बैदेशिक रोजगारबाट फर्किएका युवाहरुको सहभागिता रहेको थियो । भेलामा बोल्ने अधिकांश वक्ताहरुले युवाहरुलाई सरकारले व्यवस्थापन गर्न जोडदार माग गरे । कार्यक्रममा प्रदेश ५ का अध्यक्ष कृष्ण प्रसाद भुसाल, महासचिव सचिव प्रकाश पौडेल, डि.एल शर्मा, केशव शर्मा, नेत्र थनेत लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP