Trending
flash विजयनगरकाे डगडईका आगलागी पिडितलाई राहत वितरण flash विजयनगरमा नि:शुल्क स्वास्थ्य शिविर, ३ सय ९३ जनाले सेवा लिए राजनीति सांसदलाई बजेट बाँडेर बदनाम नगराइदिनू : सांसदहरू flash दूधाधारी नमुना माविमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया राजनीति लमजुङमा साबित्रा भण्डारी ‘साम्बा’को स्तम्भ, चोकको नाम राखियो साम्बा चोक राजनीति सिमेन्टमा नेपाल आत्मनिर्भर छ, अब स्वदेशमै खपत बढाऔँः मन्त्री दाहाल खेल नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा राजनीति रवि लामिछानेको मुद्दा प्रधानन्यायाधीशको इजलासमा राजनीति सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ?

सांसद शाहलाई कार्वाही नगरेको भन्दै आन्दोलन

चन्द्रौटा, १३ पौष
कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहलाई कार्वाही नगरेको भन्दै स्थानियहरुले आन्दोलन गरेका छन । अभिनेता तथा राष्ट्रिय प्रजातन्त्र पाटी(सयुक्त)का केन्द्रिय सदस्य श्यामकुमार मिश्रालाई कुटपिट गरेको भन्दै स्थानियले कारवाहीको लागि माग गरेका छन । गत पुष ५ गते आफ्नै घरमा बोलाएर निर्घात कुटपिट गरेको सांसद शाहलाई आरोप लागेको छ ।
बुधवार देखी मिश्राका सर्मथकहरुले दैनिक रुपमा २ घण्टा चन्द्रौटा–कृष्णनगर सडकखण्डमा सवारी आवतजावतमा रोक लगाएका हुन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको नेतृत्वमा प्रहरीले सांसद शाह विरुद्धको मुद्धा दर्ता नगरेका आमहड्ताल गर्ने राप्रपा जिल्ला उपाध्यक्ष प्रेम संकर शुक्लाले बताउनुभयो । “यो पहिलो चरणको दबाव हो प्रशासनले कारवाही नगरे हामी आन्दोलनमा जान्छौं” शुक्लाले भन्नुभयो । प्रहरीले अहिले सम्म मुद्धा दर्ता नगर्नु अपराधीलाई संरक्षण गरेका भन्दै आक्रोश व्यक्त गर्नुभयो । सांसद शाहलाई नेपाली काग्रेसले बचाउन प्रयास गरिरहेको आरोप लगाइएको छ ।
सांसद शाह र उनका गाडीका चालक शशिकान्त कास्यपले कोठामा थुनेर कुटेको पीडित पक्षको भनाई रहेको छ । पटक पटक सांसद शाहले मिश्रालाई फोन गरेर बोलाएको कारण मिश्रा सांसद निवास पुगेको पीडित मिश्राले वताउनुभएको छ । मिश्राको शरीरमा गम्भीर चोटपटक भएका कारण बहादुरगंजमा रहेको शिवराज अस्पतालवाट बुटवल रिफर गरिएको थियो ।
मिश्राले सांसद शाह र उनका ड्राइभरले कुटपिट गरेको भन्ने जानकारी प्रहरीमा आएको कपिलवस्तुका प्रहरी उपरीक्षक दिपशम्शेर जबराले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको भन्दै दोषिलाई कारवाही गरिने उपरिक्षक जबराले वताउनुभयो ।
यता सांसद शाहले भने घटना भएको अर्का दिन विज्ञाप्ति सार्वजनिक गर्दै आफ्नो ड्राइभर र उनीबीच कुटपिट भएको तर आफुले न कुटेको बताउनुभयो । मिश्राले मदिरा सेवन गरेको कारण ड्राइभर सगँ बिवाद भएको वताउनुभएको छ । ‘मैले मिश्रा माथि हातपात तथा कुनै दुव्र्यवहार गरेको छैन,वरु श्याम मिश्राले नै मलाई अपशव्द प्रयोग गरी बेईज्जत गर्न खोजिएको हो’ सांसद शाहको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP