Trending
राजनीति वामदेवको दावी : मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन राजनीति हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि म पहल गर्छु : प्रचण्ड राजनीति सबै प्रकारका यातायातका साधनको नियमन एउटै निकायबाट गरौँ : सोविता गौतम समाज बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै शिक्षा शिक्षक महासंघका अध्यक्ष सुवेदीले भने-२५ प्रतिशत युवाका लागि ठाउँ छाडेका छौँ राजनीति कार्यान्वयन हुन नपाउँदै अध्यागमनमा कर्मचारी खटाउने मापदण्ड परिवर्तन गर्ने चलखेल समाज २०८१/०८२ मा २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटना : २ हजार ५ सय ४९ जनाको मृत्यु समाज बर्दघाट सुस्ता पूर्व दूधमा आत्मनिर्भर राजनीति नेपालले आफ्नो सामर्थ्यअनुसार विकास गरिरहेको छ : प्रधानमन्त्री ओली राजनीति कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह

कुलुङ जातिकाे ‘चाक्चाकुर’ पर्व सुरु

सोलुखुम्बु – कुलुङ जातिको महान् चाड चाक्चाकुर आजदेखि सुरु भएको छ । यो पर्व कुलुङ समुदायले प्रत्येक वर्षको पुस १५ गते देखि तीन दिनसम्म धुमधामसँग मनाउँछन् ।

चाक्चाकुरमा कुलुङहरुको बस्तीमा गाउँभरिका मानिस भेला भएर नाचगान, मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न किसिमका खेल खेलेर रमाइलो गर्दै मनाउने गरिएको सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर कुलुङले जानकारी दिनुभयो । 

उहाँका अनुसार संस्कार संस्कृतिको जगेर्ना गर्दै पर्वलाई निरन्तरता दिँदै आइएकाे छ । कुलुङ समुदायमा यसको महत्व अति विशिष्ट रहेको कुलुङहरु बताउँछन् । कुुलुङ जातिले पुस १५ लाई नयाँ वर्ष, पुस १६ लाई नयाँ अन्न खाने दिन र पुस १७ लाई कुलुङ सङ्घको स्थापनाका रुपमा चिनारी दाचाम्री चाक्चाकुर भनेर मनाइने अध्यक्ष किराँतीको भनाइ छ । 

अध्यक्ष किरातीका अनुसार कुलुङ भाषामा मीनाको अर्थ ‘मान्छे’ र मिनारीको अर्थ ‘मान्छेको पाखुरी’ हुन्छ । दाचाम्को अर्थ ‘भण्डार वा ढुकुटी’ हो भने निङ्दोङले ‘नयाँ वर्ष’ र चाक्चाकुरले ‘चासुम् अर्थात अन्नको सह’ तथा पुस महिनालाई जनाउँछ ।

मानव पाखुरीको बलबाट फलेर भण्डारण गरिएको अन्नको नयाँ वर्षमा सह होस् र नयाँ सालमा अनिकाल नलागोस् भनेर पितृ र प्रकृतिलाई नयाँ यामको प्रारम्भमा पुज्नु नै मिनारी दाचाम निङदोङ चाक्चाकुर हो । 

औपचारिकरुपमा देशभर चाक्चाकुर पर्वलाई मनाउने शुरुआत नेपाल किराँत कुलुङ भाषामा संस्कृति उत्थान सङ्घ, केन्द्रीय कार्यसमितिको पहलमा २०६२ बाट थालिएको कुलुङ सङ्घले दावी गर्दै आएको छ । कुलुङ जातिको बसोबास भएका जिल्ला सोलुखुम्बु, भोजपुर, सङ्खुवासभा, इलाम, धनकुटालगायतका जिल्लामा मिनारी दाचाम निङदोङ चाक्चाकुर मनाइन्छ ।

त्यस्तै भारतको सिक्किम, पश्चिम बंगाललगायतका राज्यमा पनि चाक्चाकुर मनाउने गरिएको छ । 

चाक्चाकुरका अवसरमा महाकुलुङ गाउँपालिकाले तीन दिन स्थानीय बिदा दिएको छ । गाउँकार्यपालिकाको निर्णयअनुसार कुुलुङ जातिको बाहुल्यता रहेको महाकुलुङ गाउँपालिकामा चाक्चाकुरको अवसरमा पुस १५, १६ र १७ गते स्थानीय बिदा दिइएको हो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP