Trending
राजनीति वामदेवको दावी : मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन राजनीति हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि म पहल गर्छु : प्रचण्ड राजनीति सबै प्रकारका यातायातका साधनको नियमन एउटै निकायबाट गरौँ : सोविता गौतम समाज बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै शिक्षा शिक्षक महासंघका अध्यक्ष सुवेदीले भने-२५ प्रतिशत युवाका लागि ठाउँ छाडेका छौँ राजनीति कार्यान्वयन हुन नपाउँदै अध्यागमनमा कर्मचारी खटाउने मापदण्ड परिवर्तन गर्ने चलखेल समाज २०८१/०८२ मा २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटना : २ हजार ५ सय ४९ जनाको मृत्यु समाज बर्दघाट सुस्ता पूर्व दूधमा आत्मनिर्भर राजनीति नेपालले आफ्नो सामर्थ्यअनुसार विकास गरिरहेको छ : प्रधानमन्त्री ओली राजनीति कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह

नगल्ने फोहर खरिद गर्दै घोराही उपमहानगरपालिका

दाङ ।
घोराही उपमहानगरपालिकाले नगल्ने फोहर खरिद गर्ने भएको छ । नगरको वातावरण तथा विपद् व्यवस्थापन समितिअन्तर्गतको सरसफाइ स्वच्छता शाखाले नगल्ने फोहरहरुको वर्गीकरण गरेर खरिद गर्ने निर्णय गरेको हो ।

कपडा र फेरि प्रयोगमा आउने प्लास्टिकजन्य फोहरलाई प्रतिकिलो ५ रुपैयाँ र फेरि प्रयोगमा नआउने वस्तुलाई प्रतिकिलो ३ रुपैयाँमा खरिद गर्ने निर्णय भएको हो । प्रत्येक वडाका टोल विकास संस्थाले नगल्ने फोहर निश्चित ठाउँमा संकलन गर्ने र उपमहानगरले खरिद गरेर बाहिर बिक्री गर्ने योजना बनाएको छ ।

फोहरबाट संकलित रकमलाई टोल विकास संस्थाले पूर्ण सरसफाइको कार्यक्रमअन्तर्गत साबुन, ब्रस, हारपिक खरिद गर्ने नीति लिइएको समितिका संयोजक शक्तिराम डाँगीले जानकारी दिनुभयो ।

नगल्ने फोहर खरिद गर्न नगरले चालु आर्थिक वर्षमा ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । साथै उपमहानगरले प्लास्टिकका झोलालाई निरुत्साहित गर्दै कागज र फाइबरका झोलालाई प्रोत्साहन गर्ने नीति अघि सारेको उहाँको भनाइ छ ।

नगर प्रमुख नरुलाल चौधरीले गल्ने फोहरलाई खेतबारीमै मलको रुपमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ । उप-प्रमुख सीता सिग्देल न्यौपानेले लगानी घटाउँदै फोहरलाई पैसासँग जोडेर व्यवस्थापनमा लाग्नुपर्ने बताउनुभयो ।

त्यसैगरी सरसफाइ स्वच्छता शाखा प्रमुख प्रेम केसीले गल्ने र नगल्ने फोहरलाई अर्थसँग जोडेर व्यवस्थापन गर्ने र नगर क्षेत्रबाट निस्किएका गल्ने फोहरबाट घोराहीमा ग्यास र मल उत्पादनको तयारी भैरहेको जानकारी दिनुभयो ।


प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP