Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

बर्दियामा ट्रक दुर्घटना तीन जनाको ज्यान गयो

बर्दिया – पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने बर्दिया राष्ट्रिय निकुञ्जभित्र ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

ठाकुरबाबा नगरपालिकाको आम्बासादेखि ६ झण्डै किलोमिटर पश्चिमतर्फ निकुञ्जभित्र पर्ने राजमार्गमा ट्रक दुर्घटना हुँदा दुई जना महिला र एक जना पुरुषकाे घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।

भैरहवाबाट फलामे छड लोड गरी धनगढीतर्फ गइरहेको लु २ ख १०६८ नम्बरको ट्रक बुधबार बिहान चार बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएका ट्रकका सहचालक र दुई जना महिलाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

फलामे छड बोकेको ट्रकमा च्यापिएकाको शव जेसीबीकाे सहायताबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ । ट्रक चालक घोराही उपमहानगरपालिका ११ कपासेका कर्णबहादुर चौधरी घाइते भएका छन् ।

बाँकेको कुसुमबाट आफन्तको मृत्यु भएकाले कर्णाली चिसापानीसम्म लगिदिन आग्रह गरेपछि दुई जना महिला ट्रकमा चढेकाे ट्कका चालक चौधरीले बताएकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP