Trending
flash शिवगढी सामुदायिक बन उपभोक्ता समुुहको १३औँ साधारण सभा सम्पन्न राजनीति पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अन्तर्राष्ट्रिय बीबीसीले गल्ती स्वीकार गर्दै माफी मागे पनि ट्रम्पले कानुनी कारबाही राजनीति मधेसमा भारतले आन्दोलन भड्काउने काम गर्‍यो : मुख्यमन्त्री यादव राजनीति प्रदेश सरकारले गाँजा खेतीसम्बन्धी नौ प्रकारका इजाजत दिनेगरी विधेयकको तयार राजनीति माओवादीबाट जनार्दन शर्मा, समाजवादीबाट घनश्याम भुसाल लगायतका नेताहरू आफ्नै अभियानमा flash खेलमा अर्जेन्टिनालाई जित दिलाउन लौटारो मार्टिनेज र मेसीले गोल राजनीति दक्षिण कोरियाबाट सञ्चारमन्त्रीले भने, निर्वाचनको वातावरण बनिसकेको छ राजनीति नेपालका लागि चीनका राजदूत छन सङले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न flash विजयनगर गाउँपालिकाकाे नयाँ प्रशासकीय भवनको शिलान्यास

प्रगतिशिल लेखक संघको सडक साहित्यिक कार्यक्रम सुरु


राम अवतार चौधरी ,कपिलवस्तु
सडक साहित्यिक कार्यक्रम कपिलवस्तुको चार नम्बर जितपुर चोकमा शनिबारबाट सूरु गरेको छ । प्रगतिशिल लेखक संघ नेपाल कपिलवस्तुको आयोजनामा भएको कार्यक्रम सक्रिय लेखकहरुले समाजमा थप उर्जा दिनुका साथै समुदायमा जनाचेतना फैलाउनको लागि सो कार्यक्रम आयोजना गरिएको हो ।
यसैगरी यहि श्रावणबाट सुरु भएको सडक साहित्यिक कार्यक्रम प्रगतिशिल लेखक संघले अब हरेक महिनाको अन्तिम शनिबार गर्ने संघले जनाएको छ । पहिलो पटक यस्तो साहित्यिक कार्यक्रम गर्दा समुदायमा केही फरक जनचेतनामूलक प्रभाव पर्ने आयोजकले दावी गरेको छ । साथै यहि भदौ महिनाको अन्तिम साता कोईली बनगाई चोकमा आयोजना गरिने बताईएको छ ।
कार्यक्रमले समुदायमा नयाँ आयम थप्नुका साथ–साथै नवा प्रतिभालाई अवसर दिनुपर्ने अहिलेको आवश्यकता ठानेर गाउँ देखि चोक सम्म पनि पुग्न जरुरी रहेको आयोजकले बताएको छ । कार्यक्रममा वक्ताहरुले साहित्यिक गीत, गजल, मुक्त र कविता लगायतका रचना प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रम प्रगतिशिल लेखक संघका अर्जुन पौडल ९शर०को अध्यक्षता, सोही संघको उपाध्यक्ष नृत्यनन्द पाण्डेको स्वागत मन्तव्य र सचिव दीपक अनुरागीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP