Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ

काठमाण्डाै – स्मार्ट सवारी चालक अनुमतिपत्र र सरकारी कार्यालयका कर्मचारीको परिचयपत्र नक्कली बनाइ बिक्री गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय अपराध नियन्त्रण महाशाखा र ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले उनीहरुलाई काठमाण्डौका विभिन्न ठाउँबाट पक्राउ गरेको हो । पक्राउपर्नेमा सर्लाहीका दीपक ब्लोन, बुद्धिबहादुर रोक्का, काठमाण्डौ बौद्धका अशोक कार्की, बाराको सिमराका मोहन यादव र काठमाण्डौ लाजिम्पाटका कुमार तण्डुकार रहेको महाशाखाकाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो । 

पुस १५ गते पुतलीसडकबाट दीपक ब्लोनसँग नक्कली स्मार्ट लाइसेन्स फेला परेपछि सोधपुछ गर्दा गिरोह संलग्न रहेको फेला परेको हो । प्रहरीका अनुसार सुवास भन्ने बुद्धिबहादुर रोक्काले न्यूरोडमा रहेकाे आफ्नो आशिष स्टुडियोमा डिजाइनिङ गरी काठमाण्डौको न्यूरोडमै रहेकाे फोटो कन्सर्न प्रालिबाट नक्कली सवारी अनुमतिपत्र  निकाल्ने गरेको खुल्न आएको छ ।

नक्कली लाइसेन्स बनाउन रोक्काले ३० हजार रुपैयाँ लिने गरेको पनि खुल्न आएको छ ।

रोक्काबाट दीपक ब्लोनको नामको स्मार्ट लाइसेन्स, विभिन्न व्यक्तिको नक्कली लाइसेन्स, नागरिकताका प्रमाणपत्र, भारत सरकारको आधार कार्ड बरामद भएको छ । फोटो कन्सर्न प्रालिले विभिन्न व्यक्तिको सरकारी लिखत डिजाइन गरी बिक्री गर्ने गरेकाेसमेत प्रहरीले जनाएको छ । 

अनुसन्धानका क्रममा लक्ष्मण झाँक्रीको नामको लाइसेन्स, उनकै नामको सशस्त्र प्रहरी जवानको परिचयपत्र, विभिन्न कलेजको परिचयपत्र, प्रिन्टर, हाडड्राइभ सर्भरसमेत बरामद गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP